पाल्पाको एउटै क्वारेन्टाइनमा १२ जनामा कोरोना संक्रमण

पाल्पाको एउटै क्वारेन्टाइनमा १२ जनामा कोरोना संक्रमण

तानसेन : पाल्पामा बुधबा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या २२ पुगेको छ । बुधबार माथागढी गाउँपालिका ८ बहादुरपुरको क्वारेन्टाइनमा रहेका ११ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । 

केही दिन पहिले सोही क्वारेनटाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो । उनको कन्ट्रयाक ट्रेसिङको आधारमा २२ जनाको स्वाब परीक्षण गरिएकोमा १२ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले बताए । 

उनीहरुको प्रदेश जनस्वाथ्य प्रयोगशाला भैरहवामा स्वाब परीक्षण गरिएको थियो ।  संक्रमित १२ जनालाई तानसेनको आइसोलेसनमा ल्याउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष थापाले बताए । पाल्पामा यसअघि १० जनामा कोरोना संक्रमण भएकोमा १ जनाको मृत्यु भएको र ७ जना तानसेन र २ जना रामपुरको  आइसोलेसनमा उपचाररत छन्। 

पछिल्लो समयमा २ हजार २ सय बढी नागरिक भारतबाट पाल्पा भित्रिएका छन । पाल्पामा हालसम्म ३ सय ५० भन्दा बढीको पीसीआरका लागि स्वाब संकलन भएको छ भने स्थानीय तहले आरडीटी परीक्षण गरिरहेका छन् ।

क्वारेन्टाइमा बसेका १४ दिन अवधि पुगेका व्यक्तिले आफूहरुको पीसीआर परीक्षण गर्नुपर्ने वा घर पठाउन सम्बन्धित गाउँपालिकालाई आग्रह गरेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.