कोरोना सक्रमण हुन नदिन पोखराका महलमा यस्तो छ व्यवस्थापन
पोखरा : कोरोना सक्रमण नियन्त्रण गर्न देश चैत ११ देखि लकडानमा छ । पछिल्लोसमयमा लकडाउन खुकुलो भएपछि पोखरा बजारमा सामान किन्न जानेको संख्या बिस्तारै बढ्दै गएको छ । निजी सवारी साधन पनि सडकमा थपिंदै छन् ।
लकडाउनको समयमा पनि अतिआवश्यक खाद्यन्नको पसल, डिपार्टमेण्ट स्टोर, मेडिकल पसल, तरकारी पसल लगायत खुलै थिए । अडर गर्ने ग्राहकलाई घरमै सामन पुर्याउने काम डिपार्टमेण्ट स्टोरले गरेका थिए । पछिल्लो समयमा ग्राहक बढ्न थालेपछि पोखराका डिपार्टमेण्ट स्टोर र महलले ग्राहकलाई सामान किन्न महलमा छिर्नुअघि अनिर्वाय रुपमा माक्स लगाउनु पर्ने, डिपार्टमण्ट स्टोर परिसरमा राखिएको साबुन पानीले पहिले अनिर्वाय रुपमा हात धुनु पर्ने नियम राखेका छन् ।
हात धोएपछि डिपार्टमण्ट स्टोर पस्नुअघि त्यहींको सेकुरिटीले सेनिटाइजर उपलब्ध गराएउने र ज्वरो नापेपछि मात्र भित्र जाने ब्यवस्था गरेका छन् । पोखरामा न्यूरोडको भाटभटेनीमा कुनै बेला साबुन पानीले हात धुनेको लाइन नै लाग्ने गरेको छ । यसै गरी ज्वरो नाप्ने र सेनीटाइजरले हात सफा गर्न पनि कुनै बेला फिजिकल दुरी कायम गरी लाइनमै बस्नु पर्ने अवस्था छ ।
बैदाम स्थित सुलभ डिर्पाटमेण्ट स्टोरमा पनि यसै गरि भित्र छिर्नुअघि हात धुने, सेनीटाजरले हात सफा गर्ने र ज्वरो नाप्ने ब्यवस्था मिलाइएको छ । पोखराको महेन्द्रपुलको सेल्वेज, चिप्लेढुङ्गाको पोखरा ट्रेड महलमा पनि यस्तै ब्यवस्था गरिएको छ । महल र डिपार्टमेण्ट स्टोरले समान किन्न आउनेको नाम ठेगना पनि टिपाउने गरेका छन् । कोरोना सुरक्षाका लागि यसो गरिएको व्यवस्थापकले बताएका छन् ।
_20200611080644.jpg)
_20200611080643.jpg)

प्रतिक्रिया दिनुहोस !