भरतपुर महानगरले ल्यायो ४ अर्ब १६ करोडको बजेट

भरतपुर महानगरले ल्यायो ४ अर्ब १६ करोडको बजेट

चितवन : भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ४ अर्ब १५ करोड ६४ लाख ८९ हजार बिनियोजन गरेको छ। महानगरको बुधबार आयोजित छैटौं नगर सभामा सो बजेट प्रस्तुत गरिएको हो । जसमध्ये ४८ करोड चालु खर्च रहेको छ ।बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख पार्वती शाह ठकुरीले आम्दानीतर्फअन्तर सरकारी अख्तियारीबाट ६० करोड, आन्तरिक आय ९० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ६९ करोड २ लाख ३८ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ४६ करोड १२ लाख ५१ हजार रहेको विविरण प्रस्तुत गरिन्। 

कोभिड १९ को संक्रमणको जोखिमका कारण प्रभावित आर्थिक संकट समाधानका लागि नीति तथा कार्यक्रम केन्द्रीत गरेको महानगरले जनाएको छ। यस्तै आम्दानीतर्फ जनसहभागिताबाट २५ करोड, बैंक मौज्दात  ८२ करोड, मर्मत सम्भार कोषबाट २ करोड र सडक बोड नेपालबाट १ करोड ५० लाख रहने प्रक्षेपण गरिएको छ ।

व्ययतर्फ चालु शीर्षकमा ६० दशमलब १ प्रतिशत र पुँजीगततर्फ ३० दशमलव ६ प्रतिशत गरी कुल खर्च भएको छ।  भरतपुर महानगरपालिकाको छैटौं नगरसभामा आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेकी थिइन् । 

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा नगरसभा गरिएको थियो । कोभिड १९ को जोखिमका कारण जनप्रतिनिधिको सहभागितामा नगरसभा गरिएको हो।' महानगरको दिगो र सन्तुलित विकासको योजनालाई अहिले पनि प्राथमिकीकरण गरेका एक साथअघि बढाउन खोजेका छौ,' महानगर प्रमुख दाहालले भनिन्, 'उत्पादन र रोजगारी सिर्जना गर्ने कार्यक्रम बढी लक्षित छ।'  

नीजि तथा सहकारी क्षेत्रसँग सहकार्य गर्दै रोजगारीका अवसर सिर्जना गर्ने नीति बनाइएको छ। सहरी सौन्दर्य र भू-उपयोग एवं वस्ती विकासको कार्यक्रम तय गरिएको छ। स्वास्थ्य सेवामा सुधार एवं पहुँच, कृषि तथा पशुविकास, वातावरण संरक्षण एवं विपद् व्यवस्थापन, रोजगारी सिर्जना तथा सहकारी क्षेत्रको प्रवर्द्धनको विषयलाई प्राथमिकतामा राखिएको छ।' हाम्रो प्राथमिकता भनेको कृषि उत्पादनमा बढी जोड दिन खोजेका छौं, प्रमुख दाहालले भनिन्, 'उत्पादन र रोजगारी सिर्जना गरेर बेरोजगारी अन्त्य गर्ने लक्ष्य छ।'
 
उपप्रमुख पार्वती शाह ठकुरीले बजेट प्रस्तुत गरिन।महानगरले कृषिलाई बढी जोड दिएको छ। कृषिको सको आधारबाट आर्थिक उन्नती हुने भन्दै कृषि पेशामा आकर्षण गर्ने कार्यक्रम लक्षित गरेको छ। कृषि क्षेत्रको व्यवसायीकरण, रोजगारमूलक क्रियाकलाप सिर्जना, उद्यम प्रवर्द्धन तथा महानगरवासीको स्वास्थ्य सुरक्षालाई महानगरले उच्च प्राथमिकतामा राखेको छ ।

कृषि पेशामा लाग्नेलाई प्रोत्सहान गर्ने कार्यक्रम बनाइएको छ। कृषि तथा पशुसेवाका कार्यक्रममा अनुदान, कृषि ऋणमा २ प्रतिशत व्याज अनुदान उपलब्ध गराउने महानगरले नीति बनाएको छ।बीउबिजन र मल वितरणमा अनुदान, विषादी परीक्षण प्रयोगशालालाई सशक्त एवं व्यवस्थित गर्ने, एक वडा एक पशु फर्म आधुनीकिकरण कार्यक्रम एवं दूधमा अनुदान कार्यक्रमले निरन्तरता पाएको छ।

कृषि तथा पशु विकास कार्यक्रम कार्यान्वयनमा ल्याउनको विदेशबाट आर्जन गरेको सीप उपयोग गरी रोजगारी पैदा गर्ने खालका कृषि लगायतका साना उद्यम गर्न चाहने युवाहरुलाई शुन्य व्याज दरमा अनुदान उपलब्ध गराउने भएको छ।नयाँ ब्यवसाय गर्न चाहनेका लागि सुरुवाती पूँजी प्रदानलगायतका कार्यक्रम कार्यान्वयन गर्नका लागि ४ करोड विनियोजन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.