भन्सार छलेर ल्याएको २ लाख बराबरको बिँडी बरामद

भन्सार छलेर ल्याएको २ लाख बराबरको बिँडी बरामद

बैतडी : भन्सार छलेर ल्याएको बिँडी बैतडी प्रहरीले बरामद गरेको छ । बिँडी लुकाइराखेको अवस्थामा सोमबार गोठलापानी बजार क्षेत्रबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

 
भारतबाट अवैधरुपमा ल्याइ लुकाइ राखेको अवस्थामा करीब २ लाख बराबरको ६ पेटी बिँडी बरामद गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए ।  बरामद भएको बिँडी मंगलबार महाकाली भन्सार कार्यालयलाई बुझाइने उनले बताए । प्रहरीले यसअघि असार १४ गते राती पनि दशरथचन्द नगरपालिका  ८ नल्तडीबाट करीब डेढ लाखको बिँडी बरामद गरेको थियो । भन्सार छलेर ल्याएको बिँडी भन्सार कार्यालयलाई बुझाएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । 

यसैबीच सोमबार राती बैतडीमा प्रहरी कार्यालय बाहिर नाराबाजी गरिएको छ । राती १२ बजेतिरको समयमा प्रहरी कार्यालय बाहिर नाराबाजी गरिएको र पछि उनीहरु भागेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए । उनले भने ,हामीले अहिले भन्सार छलेर ल्याएको सामग्रीमा कडा निगरानी गरिरहेका छौं । तस्करको समूहले नाराबाजी गरेको हुन सक्छ । हामीले एक्सन लिने तयारी गर्दैगर्दा उनीहरु भागे ।'
 
नाराबाजी गर्नेहरुको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ। तस्करी गरेर भारतबाट अवैधरुपमा सामग्री भित्र्याउनेको समूहलाई निस्क्रिय पार्न प्रहरी लागिपरेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए ।  उनले भने, 'भन्सार छलेर सामग्री ल्याउनेलाई उन्मुक्ति दिन मिल्दैन।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.