स्वास्थ्यकर्मीलाई संक्रमण : गाउँपालिकाको सेवा पाँचदिन बन्द

स्वास्थ्यकर्मीलाई संक्रमण : गाउँपालिकाको सेवा पाँचदिन बन्द

गोरखा : गोरखाको बारपाक सुलीकोटका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि थप जोखिम बढ्न नदिन पाँचदिनसम्म गाउँपालिकाका कार्यालयहरु बन्द गरिएको छ । मंगलबार विज्ञप्ति जारी गरी गाउँपालिकाले स्वास्थ्य एकाइहरुबाहेक सबै कार्यालयहरु पाँचदिनसम्मका लागि विदा गरेको जनाएको छ ।

सूर्यज्योति मावि क्वारेण्टाइनमा रहेका एक व्यक्तिमा कोरोना पुष्टि भएपछि कन्ट्याक ट्रेसिङ गर्दा सोही क्वारेण्टाइनमा रहेका एकजना र पालिकाको स्वास्थ्य शाखाका अर्का एकजनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए । 

उनीहरुको सम्पर्कमा रहेकाहरुको यथासीघ्र कन्ट्या ट्रेसिङका लागि पनि पहल भइरहेको उनले बताए । यस विषम परिस्थितिलाई सामान्यीकरण गर्नका लागि धैर्यता, संयमता र सजगता अपनाउन पनि विज्ञप्तिमार्फत गाउँपालिकाले आग्रह गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.