बैतडीमा पनि देखियो सलह

बैतडीमा पनि देखियो सलह

बैतडी  : पाटनका विभिन्न क्षेत्रमा सलह किरा देखिएका छन् । केही दिनअघि नेपाल भित्रिएको सलह किरा पहाडी क्षेत्रमा पनि उक्लिएको हो ।  मंगलबार पाटन नगरपालिका १० को ठाँटामा सलह किरा देखिएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले जानकारी दिए। उनले भने, 'पाटन नगरपालिकाका केही क्षेत्रमा सलह किरा देखियो भनेर किसानले खबर गरेपछि हामीले फिल्डमा जाँदा सलह किरा भेटायौं। अहिले धेरै ठूलो झुण्ड नभए पनि एक दुई सयको झुण्ड देखा परेको छ ।'

पाटन नगरपालिकाको १ मा सलह देखिएको 1 का वडा अध्यक्ष गणेशदत्त भट्टराईले बताए । किराले बाली नोक्सान गर्छ कि भन्ने चिन्तामा किसान रहेको उनले बताए। फेदकटुवा किरा र फौंजी किराको प्रकोप झेलिरहेका बैतडीका विभिन्न ठाउँका किसान सलह किरा  देखिन थालेपछि चिन्तित बनेका छन् । 'फेदकटुवा किराले मकैबाली नष्ट गरेपछि दोश्रो पटक मकै लगाएका छौं। त्यसमा फेरी सलह किरा पनि देखिएको छ, किसान केशवराज भट्टले भने, 'यो वर्ष अनिकाल होला जस्तो छ ।'

बैतडीमा सलहको ठूलो झुण्ड नपुगेकाले बालीनालीमा त्यति क्षति पुर्याउन नसक्ने पाटन नगरपालिकाका कृषि शाखा प्रमुख अवस्थीले बताए ।  बारीमा सलह देखा परेमा ठूलो आवाजमा थाल बजाउनुपर्ने, बाजा बजाउनुपर्ने र राती सलह बसेको ठाउँमा विषादी छर्कने सल्लाह दिएको कृषि शाखा प्रमुख अवस्थीले बताए । बैतडीमा १४ हजार ५ सय हेक्टर क्षेत्रफलमा मकैखेती गरिँदै आएको छ । 

बैतडीको पाटन क्षेत्रमा देखिएको सलह किरा ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.