झडप र तनावबीच कोरोनाले ज्यान गुमाएकाको १२ घण्टापछि अन्त्यष्टि

झडप र तनावबीच कोरोनाले ज्यान गुमाएकाको १२ घण्टापछि अन्त्यष्टि

गोरखा : गोरखामा कोरोनाबाट मरेकाको शव १२ घण्टापछि अन्त्येष्टि भएको छ । स्थानीयबासीको दिनभरको अवरोधपछि नेपाली सेनाको विशेष टोलीले सहिद लखन गाउँपालिका १ लुदीखोलाघाटमा अन्त्येष्टि गरेको हो ।

कोरोना फैलने भन्दै स्थानीय समुदायले अवरोध गर्ने क्रममा पटकपटक झडप भएको थियो । स्थानीयबासीले अन्त्यष्टी गर्ने घाटसम्म जाने बाटोमा ह्युमपाइप तेस्र्याएर अवरोध गरेका थिए । सडक सुचारु गर्न खोज्ने प्रहरीमाथि स्थानीयबासीले ढुङ्गामुढा गरेका थिए भने भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज र सात सेल अश्रुग्यास प्रहार गरेको थियो । 

झडपमा चारजना प्रहरी र केही आसपासका बासिन्दा घाइते भएका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिए । केही युवालाई नियन्त्रणमा लिएर छाडिएको उनले बताए ।

भीड तितरबितर भएपछि साँझ छ बजे नेपाली सेनाको विशेष टोलीले मृतकको दाहसंस्कार गरेको रणसिंह दल गणका गणपति उज्वल केशीले जानकारी दिए । 

गत मंगलबार कतारबाट घर फर्केका पालुङ्टार नगरपालिका ७ पुर्नेपिपलका ४४ वर्षीया पुरुषको शनिबार बिहान पाँच बजे गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनी मधुमेहका दीर्घरोगी पनि रहेको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.