नेपाल र चीनको सीमानामा नेपाली झण्डा गाडियो

नेपाल र चीनको सीमानामा नेपाली झण्डा गाडियो

गोरखा : त्रिदेशीय सीमा सवाल उठिरहेका बेला गोरखाको छेकम्पारस्थित दुईवटा नाकामा नेपाली झण्डा गाडिएको छ । चुमनुब्री गाउँपालिका ७ छेकम्पारका वडाअध्यक्ष र दुईजना वडा सदस्यले थाप्ला र ङुइलाढाजेन नाकामा झण्डा गाडेर फर्किएको वडा अध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी वडाका जनप्रतिनिधिहरु सीमानामा पुगेर झण्डा गाडेको उनले बताए । 'विगतदेखि नै सीमानामा चीनको झण्डा मात्र थियो । अनि मैले जिल्लाका सिडियोसाबसँग सल्लाह गरेर झण्डा गाडेको हुँ, उनले भने, 'सीमानामा चीनको मात्र झण्डा देख्दा र हाम्रो झण्डा नदेख्दा खल्लो लाग्थ्यो । अब दुवै देशको झण्डा देख्न पाइने भयो । आत्मसन्तुष्टिको महशुस भएको छ ।'

सीमानामा झण्डा गाडेको यहाँको इतिहासमा यो नै पहिलो पटक भएको उनले बताए ।झण्डा फहराउनका लागि वडाअध्यक्ष पासाङफुञ्जो लामा र वडा सदस्यहरु कर्साङफुञ्जो र पेम्बा लामा गएका थिए ।

थाप्ला नाका ५,१०४ मिटर उचाइमा रहेको छ भने ङुइलाढाजेन ५,०९३ मिटर उचाइमा रहेको स्थानीय पर्यटन व्यवसायी धावा ग्याल्जेन लामाले जानकारी दिए । ङुइलाढाजेन नाकामा पिलर नंबर ३८ रहेको छ भने थाप्लामा नाकामा पिलर नंबर ३९ रहेको उनले बताए । ङुइलाढाजेनबाट छेकम्पारका बासिन्दा र तिब्बतको केरुङका बासिन्दा आवतजावत गर्छन् भने थाप्ला नाकाबाट आवतजावत नहुने पनि लामाले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.