म्याग्दी पहिरो अपडेट : १० जनाको शव भेटियो, ९३ घर विस्थापित

म्याग्दी पहिरो अपडेट : १० जनाको शव भेटियो, ९३ घर विस्थापित

बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको विभिन्न ठाउँमा गएको पहिरोमा परेर बेपत्ता भएका २१ जना मध्ये ९ जनाको शव भेटिएको छ। वडा अध्यक्ष राजाराम सुवेदीले कल्लेनीमा १, ठूलोगाउँमा १ र राम्चेमा ७ जनाको शव भेटिएको बताए।

मालिका गाउँपालिका–७ बिमको तल्लोगाउँ, नौरु र दुलेमा वेपत्ता ८ जनाको खोजीमा शनिबार बिहान आएका सेना, शसस्त्र र प्रहरीको टोलीले काम सुरु गरेका वडा अध्यक्ष रेशम जुग्जालीले बताए। नेपाली सेनाको हेलिकप्टर मार्फत वेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका हुन्। भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण शुक्रबार बिहान पहिरो गएको ठाउँमा २४ घण्टापछि मात्रै सुरक्षाकर्मी पुगेका हुन्। 

रघुगंगा–६ ठाडाखानीमा बाढीले बगाएर बेपत्ता भएका नलिमान छन्त्यालको शुक्रबारनै शव भेटिएको थियो। दुखुखोलाले बगाएर वेपत्ता भएकी मालिका–६ की गिता रोका अझै फेला परेकी छैनन्। मराङको राम्चेमा पहिरोमा परेर घाइते भएका चार जनाको हेलिकप्टरले उद्धार गरेर बेनी अस्पतालमा ल्याएको छ। एक जना गर्भवतीसमेत छिन्। 

९३ घर परिवार विस्थापित

म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थान र धवलागिरी गाउँपालिका–७ काफलडाँडामा पहिरोका कारण ९३ घर परिवार विस्थापित भएका छन्। केही दिनदेखिको निरन्तरको वर्षासँगै पहिरो खसेर जोखिम बढेपछि जनप्रतिनिधि, युवा क्लव र आमा समूहको पहलमा सुरक्षित ठाउँमा भएका घर र सामुदायिक भवनमा सारिएको छ। 

देविस्थानको ताम्ला, गर्जरा, दारिम्बोट, घोर्लटे, दि र पारिभित्ताका ५३ घरको सामानसहित स्थानीयबासीलाई रुन्मामा सारिएको सुर्यमुखी युवा क्लवका अध्यक्ष भकबहादुर घर्तिले बताए। 

जुग्जाका १०, पन्थोकका ९, घरिथोकका ४ र मगरदाङका १ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। रुन्माको नवसिर्जना युवा क्लवको भवन पुरिएको छ। ३० किलोवाट क्षमताको मगरदाङ लघुजलविद्युत परियोजनाको नहर, बाँध र विद्युतगृह पहिरोले बगाएको छ।  

म्याग्दीको देविस्थानमा पहिरोको जोखिम भएको ठाउँका घरका सामान सारिदै। तस्बिर सौजन्य : डिलबहादुर पुन 

गौडाखोला लघुजलविद्युत परियोजनाको संरचनामा क्षति पुगेको छ। देउताभिर जाने पदमार्ग र खारवाङखोलाको झोलुङ्गे पुल बगाएको छ। थप क्षति हुन नदिनका लागि जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको देविस्थानका वडा सदस्य डिलबहादुर पुनले बताए। 

यसैगरी धवलागिरी गाउँपालिकाको काफलडाँडास्थित रानीबनबाट पहिरो खस्न थालेपछि ६ परिवार विस्थापित भएका छन्। मनप्रसाद मगर र डण्डपानी जैसीको घरमा पहिरोले क्षति पुर्‍याएको देवी देउराली युवा क्लवका लोकेश गर्बुजाले बताए। 

मगर, जैसी, हेमनाथ पौडेल, तेजबहादुर विक, खुमबहादुर मगर, रामबहादुर मगर र चित्रबहादुर मगरका परिवारलाई सुरक्षित ठाउँमा सारिएको उनले जानकारी दिए। धेरै ठाउँमा पहिरो गएकाले ३९ घरधुरीको बसोबास भएको काफलडाँडा गाउँनै जोखिममा परेको गर्बुजाले बताए। पहिरो र स्थानीय खोलामा आएको बाढीले सुन्तला बगैचा, धान खेत, कोदो र मकै बारी पुरिएर क्षति भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.