म्याग्दीको पहिरोमा बेपत्ता २० जनाको शव भेटियो

म्याग्दीको पहिरोमा बेपत्ता २० जनाको शव भेटियो

बेनी : म्याग्दीको धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका २० जनाको शव भेटिएको छ। बेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीले पहिरोले पुरिएकाको शनिबार दिउँसो शव फेला पारेका हुन् ।  

हालसम्म धवलागिरी–६ मराङका ११, मालिका–७ बिमका ८ र रघुगंगा–६ ठाडाखानीका १ जनाको शव भेटिएको प्रहरी निरीक्षक डाक्टर चौधरीले बताए। उनका अनुसार धवलागिरी–६ कल्लेनीका १८ वर्षीय प्रकाश केसी, राम्चेका सुकना लामगादे, आशिष दामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मनबहादुर श्रीपाली, कमला श्रीपाली, सुरक्षा श्रीपाली र सुरज श्रीपालीको शव भेटिएको छ। यसअघि शुक्रबार पहिरोले पुरिएका मराङको ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव भेटिएको थियो।

बिमकी बिष्णु शर्मा, इच्छा केसी, गौदेवी नेपाली, विशेष नेपाली, बिरबहादुर नेपाली, उनका ३ महिनाका छोरा, बिष्णु नेपाली, सन्दिप नेपालीको शव भेटिएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए। 

 लापु खोलाले बगाएर रघुगंगा–६ ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको थियो। मराङको रिखको पहिरोमा ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीय रितुकुमारी जुग्जाली, १० वर्षीया करिस्मा जुग्जाली, ८ वर्षीय कञ्चन जुग्जाली, ५ वर्षीय अर्जुन जुग्जाली, ५५ वर्षीया गौशरा जुग्जाली, २१ वर्षीया दिमा जुग्जाली, ३ वर्षीय दिप्ती जुग्जाली र १ वर्षीय दिवन जुग्जाली बेपत्ता छन्। 

कल्लेनीका ५१ वर्षीय जनिमा केसी र १६ वर्षीय सबिन पुनको खोजी भइरहेको छ। दुखुखोलाले बगाएर बेपत्ता भएकी मालिका–६ की ४० वर्षीया गिता रोकाको अवस्था पनि अज्ञात छ। बेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका हुन्। भौगोलिक बिकटता र प्रतिकुल मौसमका कारण २४ घण्टापछि मात्रै सुरक्षाकर्मी पुगेका हुन्। 

 पहिरोमा परेर घाइते भएका मराङका २ र बिमका १ जनाको ओमकुमारी शान्ति कोष र जिसी ग्रुपको समन्वयमा प्रभु एयरको हेलीकप्टरबाट उद्धार गरिएको छ। मराङकी २२ वर्षीया मञ्जिता श्रीपाली र ७ वर्षका सफल श्रीपालीलाई मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ। बिमका ४० वर्षीय पूर्ण परियारको बेनी अस्पतालमा उपचार भैरहेको छ। ताकममा २, कल्लेनीमा २ र राम्चेमा २ जना घाइतेको उद्दार गर्न बाँकी छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.