पहिरोले चिराचिरा गाउँ, छियाछिया मन (फोटो/भिडियाे)

पहिरोले चिराचिरा गाउँ, छियाछिया मन (फोटो/भिडियाे)

बेनी  : म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाका चारवटा वडा गत शुक्रबारको पहिरोले छियाछिया बनाएको छ । पहिरोमा परेर २८ जनाको मृत्यु भएको छ भने तीनजना अझै वेपत्ता छन् । 

पहिरोमा परेर धवलागिरी गाउँपालिका-६ मराङमा १९, मालिका-७ बिमका ८ र रघुगंगा-६ ठाडाखानीका १ जनाको मृत्यु भएको डिएसपी किरनजंग कुँवरले बताए । मराङको राम्चे, कल्लेनी, रिख, ठूलोगाउँ र कुम्रिलगायतका बस्तीमा दर्जनौं ठाउँमा पहिरो गएको छ । 

मालिका-७ बिमको तल्लोगाउँ, दुले र नौरुमा पनि पहिरो गएको छ । धवलागिरी गाउँपालिका-७ धारापानी, ताकम, आटेबिर र कालफलाडामा पहिरोको जोखिमका कारण दुई सय बढी परिवार विस्थापित भएका अध्यक्ष थमसरा पुनले बताइन् । 

मालिका-५ देविस्थानको जुग्जा, रुन्मा, पन्थोक, घरिथोक, गर्जरामा करिब ९० घर विस्थापित भएका छन् । विस्थापितहरुलाई पालिका, सुरक्षा निकाय, क्लव र आमा समूहको पहलमा विद्यालय, खाली घर तथा सामुदायिक भवनमा राखिएको सिडिओ ज्ञाननाथ ढकालले बताए । 

वेपत्ताको खोजी करिब सकिएकाले राहत र पुनस्थापना तथा व्यवस्थापनमा लागिएको उनले बताए । पहिरोले एक गाउँदेखि अर्को गाउँ जोड्ने सडक र घोरेटोबाटो बगाएकाले आवतजावत ठप्प छ । 

सडक र घोरेटोबाटो नभएकाले राहत तथा उद्दारको काममा कठिनाई भएको छ । शनिबार मात्र पैदल र हेलिकप्टरबाट सेना, शसस्त्र र नेपाल प्रहरीको टोली घटनास्लमा पुगेका थिए । ६० जना भन्दा सुरक्षाकर्मी अहिले पनि घटनास्थलमा छन् । स्वयमसेवकले पनि उद्धारमा खटिएका छन्।

प्रहरीका अनुसार पहिरोको जोखिममा रहेका धवलागिरी गाउँपालिकाका ५९०, मालिकाका १९६, रघुगंगाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । विस्थापितलाई खानपान र सुरक्षित बसोबासको व्यवस्थापन गर्नुपर्ने देखिएको उद्दारमा खटिएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले बताए । 

जोखिमयुक्त ठाउँमा रहेका बासिन्दालाई सुरक्षित ठाउँ खोजेर व्यवस्थापन गर्ने तयारी भएको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए । पहिरोले सामुदायिक विद्यालय, स्वास्थ्य संस्थाको भवनमा समेत क्षत्ति गरेको छ । 

पहिरोमा परेर घाइते भएका दुई जना गर्भवतीसहित १३ जनालाई हेलिकोप्टरले उद्धार गरेर बेनी, पोखरा र काठमाडौं उपचारका लागि लगिएको छ ।  ओमकुमारी शान्ति कोष र जिसि ग्रुपका अध्यक्ष नारायण जिसीको पहलमा घाइतेको उद्धार भएको हो । म्याग्दी प्रवासी नेपाली संघ (मोना), मिलन म्याग्दी, गुड नेवर्स इन्टरनेसनल, संगम र कदम म्याग्दीले राहतका सामग्री जुटाउन समन्वय गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.