१७ हजार बढीमा कोरोना पुष्टि : कुन प्रदेशमा कति संक्रमित ?

१७ हजार बढीमा कोरोना पुष्टि : कुन प्रदेशमा कति संक्रमित ?

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश एकमा ७७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

जसमध्ये ६०४ जनाले कोरोना जितेका छन् भने १७१ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना पुष्टि भएको छ। 

प्रदेश २ मा चार हजार तीन सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये २४ सय ८१ जनाले कोरोना जितेका छन् भने १९ सय ७ जनाको उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा ४४ जनामा संक्रमण पुष्टि भएको छ। यो प्रदेशमा कोरोनाकै कारण चार जनाको मृत्यु भएको छ। 

त्यसैगरी बागमती प्रदेशमा आठ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३४७ जना डिस्चार्ज भएका छन् भने चार सय ६५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आउनेको संख्या सात रहेको छ। यो प्रदेशमा ९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। 

गण्डकी प्रदेशमा १२ सय ७८ जनामा कोरोना पुष्टि हुँदा सात सय ७१ ले कोरोना जितेका छन्। अहिले ५०२ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा चार जनामा कोरोना पुष्टि भएको छ। यहाँ पाँच जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। 

त्यसैगरी प्रदेश ५ मा चार हजार ९२ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये तीन हजार तीन सय ३६ जनाले कोरोना जितेका छन्। अहिले ७४६ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। २४ घण्टामा २१ जनामा संक्रमण पुष्टि भएको यो प्रदेशमा १० जनाले ज्यान गुमाएका छन्। 

कर्णाली प्रदेशमा १७ सय ४७ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये १३ सय ७१ जनाले कोरोना जितेका छन्। अहिले तीन सय ७२ जनाको उपचार भइराखेको छ। ११ जना नयाँ संक्रमित भेटिएको यो प्रदेशमा चार जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। 

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा तीन हजार ९ सय ५६ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये १४ सय १८ डिस्चार्ज भएका छन्। २५ सय ३२ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा २० जनाको रिपोर्ट पोजिटिभ देखिएको छ। यो प्रदेशमा कोरोनाले ६ जनाको मृत्यु भएको छ। 

नेपालमा संक्रमितको संख्या १७ हजार नाघेको छ। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १७ हजार ६१ पुगेको हो। 

पछिल्लो २४ घण्टामा चार हजार तीन सय ६१ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। अहिले क्वारेन्टाइन २४ हजार सात सय १६ जना छन्। 

आइसोलेसन ६ हजार ६ सय ९५ जनाको उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा ३४ जनाले कोरोना जितेका छन्। मन्त्रालयका अनुसार १० हजार तीन सय २८ जनाले अहिलेसम्म कोरोना जितेका छन्। यो संख्या कुल संक्रमितमध्ये ६० प्रतिशत बढी भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.