धारामा पानी लिन गएकी किशोरी बलात्कृत
वीरगन्ज : पर्साको जगरनाथपुर गाउँपालिकामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । शुक्रबार बिहानै घर छेउकै धारामा पानी लिन गएकी किशोरीलाई स्थानीय दुई युवकले नियन्त्रणमा लिएर बलात्कार गरेको किशोरीले प्रहरीसँग बताएकी छन् ।
चापकलबाट २ जनाले नियन्त्रणमा लिएर गएको भए पनि एक युवकले मात्रै आफूलाई बलात्कार गरेको पीडित किशोरीले प्रहरीलाइ बताएकी छन् । बलात्कार पछि दुवै भागेको र आफू होसमा आएपछि मात्रै अभिभावकलाई घटनाबारे जानकारी दिन सकेको किशोरीले बताइन् ।
पीडित किशोरीलाई स्वास्थ्य परीक्षणका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले जानकारी दिए । आरोपित युवक फरार भएको र उनीहरुको प्रहरीले खोजी गरिरहेको प्रहरी नायव उपरीक्षक कुवँरले बताए ।
किशोरीका गाउँलेले भने गाउँपालिकाका जनप्रतिनिधिले घटनालाई दबाउन प्रयास गरेपनि पीडित किशोरीका अभिभावकले नमानेपछि घटना बाहिर आएको हो ।
प्रहरीले आरोपितलाई पक्राउ गर्न खोज्दा जनप्रतिनिधिले अवरोध समेत गरेको गाँउलेले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !