म्याग्दीका छसहित गण्डकीमा १२ जना कोरोना संक्रमित थपिए

म्याग्दीका छसहित गण्डकीमा १२ जना कोरोना संक्रमित थपिए

बेनी : म्याग्दीमा आइतबार थप छजना पुरुषमा कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ । विदेशबाट आएर बेनीस्थित क्वारेन्टाइनमा बसेकाहरुको असार ३१ गते संकलन गरिएको स्वाब नमुनाको पोखरास्थित प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार बेनी नगरपालिकाका र अन्नपूर्ण गाउँपालिकाका १÷१, मंगला र मालिका गाउँपालिकाका दुई÷दुई जनामा कोरोना पुष्टि भएको हो । 

बेनी नगरपालिका-१का ३२, मालिका-१ का ३४ र ३१ वर्षका एक÷एकजना युवा रहेका छन् । अन्नपूर्ण-६ का ३१ वर्षका र मंगला गाउँपालिका-२ का ३० र ३१ वर्षका पुरुष छन् । भारत, कुवेत र दुवईबाट आएका उनीहरु न्यु वेष्ट पोइन्ट, म्याग्दी क्याम्पस र माउन्ट एभरेष्ट आवासीय माविको क्वारेन्टाइनमा बसेका थिए । 

उनीहरुलाई खुल्ला मञ्चस्थित शैक्षिक तालिम केन्द्रको भवनमा बेनी अस्पतालले सञ्चालन गरेको आइसोलेसनमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । म्याग्दी जिल्लाबाट हालसम्म ६५६ वटा स्वाबको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएकोमा ६०१ वटाको नतिजा आएको छ । 

५१ वटा नमुना (संक्रमित बिरामीको दोस्रो र तेस्रो) पटकको हो । हालसम्म ४० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५ जना महिला सहित १५ जना निको भएर घर गएका स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताए । 

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्दीका छ सहित आइतबार गण्डकी प्रदेशको पर्वत, बागलुङ र स्याङ्जामा २÷२ जना संक्रमित थपिएका छन् । पर्वतको जलजला गाउपालिकाका ३५ वर्षका र महाशिला गाउपालिकाका ३२ वर्षका, बागलुङको बडीगाड गाउपालिका २६ र काठेखोला गाउपालिकाका २६, स्याङ्जाको पुतलीबजारका ३६ वर्षका र कालिगण्डकीका ३१ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । 

गण्डकी प्रदेशमा हालसम्म ९३८ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशक डाक्टर बिनोदबिन्दु शर्माद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.