पहिरोले आबुखैरेनी-गोरखा सडक अवरुद्ध, घर पुर्‍यो

पहिरोले आबुखैरेनी-गोरखा सडक अवरुद्ध, घर पुर्‍यो

गोरखा : पृथ्वी राजमार्गको आबुखैरेनीदेखि गोरखा बजारसम्मको सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।  गएराति अविरल वर्षापछि राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । उक्त सडक खण्डको गोरखा नगरपालिका-१३ मा पर्ने तीनकिलो, मजुवा, आठकिलोलगायतका ठाउँमा पहिरो गएपछि सडक पूर्णरुपमा बन्द भएको छ ।  

पहिरोका कारण तीनकिलोमा भीमबहादुर मगरको घर र एक खानेपानी ट्यांकी पनि पुरेको स्थानीय देवी मगरले जानकारी दिएका छन् ।  डोजरले पहिलो पन्छाउने काम भइरहेको र पहिरो पनि खसिरहेका कारण सडक कतिखेल खुल्छ भन्ने यकिन भएको छैन । 

अजिरकोट गाउपालिका-४ माउसुलिपाखाका रामबहादुर मगरको घर पहिरोले बगाएको  स्थानीय लालबहादुर गुरुङले जानकारी दिएका छन् ।  

बारपाक सुलीकोट गाउापालिका-४ नालपाङमा पहिरोले दुई घर बगाएको छ । स्थानीय कामी गुरुङ र उनका छोराको घर बगाएको वडाअध्यक्ष भीमबहादुर गुरुङले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.