पहिरोले जलविद्युत आयोजनाको संरचना बगाउँदा मगरदाङ अन्धकारमा

पहिरोले जलविद्युत आयोजनाको संरचना बगाउँदा मगरदाङ अन्धकारमा

बेनी : पहिरो लघुजलविद्युत परियोजनाको संरचना बगाएपछि म्याग्दीको मालिका गाउँपालिका - ५ को मगरदाङ अन्धकार बनेको छ ।  २५ किलोवाट क्षमताको मगरदाङ-डाडागाउ-आशाटोल लघुजलविद्युत परियोजनाको बाँध, नहर र विद्युतगृह गत असार २५ गते दाङखोलामा आएको बाढीले बगाएको थियो । परियोजनाको सबै संरचना बाढी र पहिरोले बगाएपछि १२५ घरधुरी अन्धकारमा बस्नुपरेको परियोजनाका अध्यक्ष कुलप्रसाद घर्तीले बताए । 

'उपभोक्ताले नगद संकलन र श्रमदान गरेर बनाएको परियोजनाको सबै संरचनाको नामनिशाना नरहने गरि पहिरोपछि आएको बाढीले बगाएको छ,' उनले भने, 'विद्युत नहुँदा अध्यारोमा रात कटाउनुपर्ने बाध्यता छ ।' 

मोबाइलको ब्याट्रि चार्ज गर्न नपाएर सञ्चार सेवाबाट बञ्चित भएका छन् । रेडियो सुन्न, टेलिभिजन हेर्न पाएका छैनन् । उज्यालोका लागि मट्टितेलको टुकिको साहरा लिनुपरेको छ । एक करोड दुई लाख खर्चेर परियोजना निर्माण भएको थियो । परियोजना बनाउन सरकारी निकायबाट  दुई लाख मात्र सहयोग प्राप्त भएको थियो । 

आफ्नो श्रम, पसिना र नगद खर्चीएर बनाएको परियोजना बगाउँदा मगरदाङबासी चिन्तित भएका छन् । परियोजनाको विद्युत प्रयोग गरेर सञ्चालन गरिएका घरेलु तथा साना उद्योगहरु पनि बन्द भएका छन् । 

परियोजना बन्द भएपछि उज्यालोका लागि जेनेटर खरिद गरेपनि सडक अवरुद्ध भएका कारण ढुवानी गरेर गाउँसम्म लैजान सकेका छैनन् । उपभोक्ताहरुले छ लाख २० रुपैयाँमा हजारमा १० हर्सपावर क्षमताको डिजेलबाट चल्ने जेनेरेटर खरिद गरेका थिए । 

बेनी-दरवाङ र दरवाङ-देविस्थान सडक अवरुद्ध भएका कारण जेनेरेटर बेनीबाट लैजान नसकेका हुन् । हेलिकप्टरबाट जेनेरेटर ढुवानीको ब्यवस्था मिलाइदिन आग्रह गरेका छन् । देविस्थानको पन्थोकमा रहेको गौडाखोला जलविद्युत परियोजनामा पनि बाढी पहिरोले क्षत्ति पुर्‍याएको छ । 

भौगोलिक रुपमा विकट क्षेत्रमा पर्ने देविस्थानको केही भागमा मात्र केन्द्रिय प्रशारण लाइनको विद्युत सुबिधा विस्तार भएको छ । पहिरोको जोखिमका कारण देविस्थानको जुग्जा, पन्थोक, मगरदाङ, ताम्ला, गर्जरा क्षेत्रका ९० घरधुरी विस्थापित भएका वडा सदस्य डिलबहादुर पुनले बताए । विस्थापितहरुलाई खाली घर, सामुदायिक भवन र विद्यालयमा राखिएको छ । झोलुङ्गे पुल र सडक पहिरोले बगाएकाले आवत जावतमा समस्या भएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.