कोरोना त्रासबीच साउने सोमबार : मन्दिरको गेटबाटै चढाइयो जल र दूध (फोटो फिचर)

कोरोना त्रासबीच साउने सोमबार : मन्दिरको गेटबाटै चढाइयो जल र दूध  (फोटो फिचर)

पोखरा : साउनको सोमबार सामान्य अवस्थामा पोखराका सबै शिव मन्दिरमा भक्तजनको भीड लाग्ने गद्थ्यो । कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको लकडाउन खुकुलो भएपनि मन्दिर, विद्यालयजस्ता धेरै जमघट हुने स्थान अझै खुलेका छैनन् । मन्दिरमा पनि कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनलाई पालना गर्दै मन्दिर बाहिर पूजापाठ बन्द गरिएको सूचना प्रकाशित गरिएको छ । 

मन्दिरको मुख्य गेट नै बन्द गरिएपनि धार्मिक आस्था राख्ने भक्तजनको पोखराका शिवमन्दिरमा बिहानैबाट चहलपहल भएको छ । मन्दिरको मुख्य गेट बन्द छ ।  भक्तजनको अनुरोधमा गेटबाट मन्दिर सम्म डुढ बनाएर जल र दुध चढाउने व्यवस्था मन्दिर व्यवस्थापन समितिले गरेका छन् । 

पोखराको केदारेश्वर मन्दिर, विन्ध्यवासिनी मन्दिर परिसरमा रहेको शिव भन्दिर लगायतका मन्दिरमा साउनका हरेक सोमवार भक्तजनको भिड लाग्ने गदथ्यो । पोखराको बगर स्थित सेती नदी किनार गाईघाटमा स्नान गर्न नदीमा पूजा गर्न र जल लिएर बोलबामयात्रा गर्दै जल चढाउन बिभिन्न शक्तीपीठमा भक्तालुको भिड लग्थ्यो । 

साउनको सोमवार भगवान शिवको महिमा मानिने हुँदा भक्तजन उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल शिवलिंगमा चढाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यसै विश्वासले कोरोना कहरका बीच पनि भक्तजनहरु मन्दिरमा पूजा गर्न पुगेका छन् । पोखराको केदारेश्वर मन्दिरमा सामान्य अवस्थामा प्रत्येक सोमवार दशहजार भन्दा बढि भक्तजनले दर्शन गर्ने मन्दिर व्यवस्थापनले बताएको छ । 

कोरोना कहरको कारण यस वर्षको पहिलो सोमबार मन्दिरको गेट नै बन्द छ । मन्दिरभित्र सुनसान छ । मन्दिर बाहिर भने पुर्जा गर्न भक्तजन माक्स लगाएर लाइनमा बसेका छन् ।
 मन्दिरको गेटसम्म आएपछि भक्तजनको अनुरोधमा मन्दिर व्यपवस्थापन समितिले डुढ बनाएर मुख्यगेटबाट मन्दिर सम्म जल र दुध चढाउने व्यगस्था गरेको मन्दिरका पिठाधिस डा लेखनाथ आचार्यले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.