म्याग्दीको रुप्सेखोलामा आएको बाढीले रेष्टुरेन्ट र सवारी साधन बगायो

म्याग्दीको रुप्सेखोलामा आएको बाढीले रेष्टुरेन्ट र सवारी साधन बगायो

बेनी : भारी वर्षापछि म्याग्दीको रुप्सेखोलामा सोमबार दिउँसो आएको बाढीले सडक, सवारी साधन र रेष्टुरेन्ट बगाएको छ। बेनी–जोमसोम सडक अन्तरगत रुप्से झरना परिसरमा रोकिराखेको एउटा बस, एक्साभेटर र गडल्याड वाटर फल रेष्टुरेन्ट बगाएको वडा सदस्य हस्तबहादुर पुनले बताए। 

रुप्से खोलामा निर्माणाधीन मोटरेबल पुल निर्माणमा प्रयोग भएको एक्साभेटर बगाएको हो। उनका अनुसार रुप्से झरना परिसरमा रहेको मन्दिरसमेत बाढीले बगाएको छ। करिब एक घण्टा बाढी आएको थियो। 

सडक छेउ र खोलाको किनारमा रहेको रेष्टरेष्टुको सबै भाग बगाएको छ,’ उनले भने, ‘बाढीले निर्माणाधीन र पुरानो मोटरेबल पुल बगाएको छ।’ रुप्से कालीगण्डकीको सहायक नदी हो।  

कालीगण्डकीमा आएको बाढीले दानामा निर्माणाधीन २२० केभी क्षमताको सब स्टेशन र क्रशर उद्योग कटानको जोखिममा परेको स्थानीय गंगा पुनले जानकारी दिए। बाढीका कारण कालीगण्डकी, म्याग्दी र राहुघाट नदीको सतह बढेको छ। भुरुङ्ग तातोपानीका बासिन्दा कटानको त्रासका कारण सुरक्षित ठाउँतर्फ गएको स्थानीय प्रेम गुरुङले बताए। तटीय क्षेत्रमा रहेका दरवाङ्ग, बाबियाचौर, तातोपानी, बेनी, गलेश्वर, तिप्ल्याङ, पोखरेबगरमा उच्च सतर्कता अपनाइएको छ। स्थानीय प्रशासनले तटीय क्षेत्रमा कटानको जोखिम भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.