सिम्रिक एयरको हेलिकप्टरबाट छेकम्पारकी घाइतेको उद्धार
गोरखा : पहिरोमा परी घाइते भएकी एक बालिकाको हेलिकप्टरबाट उद्धार गरिएको छ। टाउकोमा गम्भीर चोट लागेर अचेत भएकी चुमनुब्री गाउँपालिका ७ छेकम्पारकी सातबर्षकी तेञ्जिन छ्योडेन लामालाई सोमबार सिम्रक एयरको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं पठाइएको वडा अध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिए।
उनको मेडिसिटी हस्पिटलमा उपचार भइरहेको र अवस्था गम्भीर रहेकाले आइसियुमा रहेको अध्यक्ष लामाले बताए। माउण्टेन चाइल्ड नामक गैरसरकारी संस्थाको सहयोगमा बालिकाको उद्धार गरिएको उनले बताए।
गोठालो गएकी बालिका पहिरोमा परी घाइतै भएकी थिइन्। प्रतिकूल मौसमका बाबजुद धेरै जोखिम मलेर पनि हेलिकोप्टरबाट उद्धार गर्न सफल भएकोमा अध्यक्ष लामाले खुशी व्यक्त गरेका छन्। सडक सञ्जालले नछोएको गोरखाको हिमाल पारिका बासिन्दा सामान्य बिरामी भए पनि हेलिकप्टर चार्टर गरेर उपचार गराउन बाध्य छन्।
प्रतिक्रिया दिनुहोस !