एन प्याब्सनले विद्यार्थी भर्ना खोल्ने

एन प्याब्सनले विद्यार्थी भर्ना खोल्ने

दाङ : निजी तथा आवाशीय विद्यालयको छाता संगठन नेशनल प्याब्सन दाङले संस्थानमा आवद्ध विद्यालयमा नयाँ शैक्षिक सत्रको लागि विद्यार्थी भर्ना सुरु गर्ने भएको छ। नेशनल प्याब्सन दाङको कार्यसमितिको बैठकले यस्तो निर्णय गरेकको अध्यक्ष विमल गौतमले बताए।

'हामीले विद्यालय सञ्चालन र भर्ना अभियान सुरु गर्ने निर्णय गरेका छौं', अध्यक्ष गौतमले भने, 'यो निर्णय स्थानीय पालिकाहरुसँगको समन्वयमा कार्यान्वयन हुने छ। ग्रामिण क्षेत्रका अभिभावकहरुले विद्यालय सञ्चालन गर्न माग गर्दे आएका हुँदा सुरक्षा मापदण्डमा रहेर विद्यालय सञ्चालन हुने छ।' कोरोना भाइरसका कारण विद्यालयहरुले भोग्नु परेको समस्या र शैक्षिक क्षेत्रमा परेको असरलाई मध्यनजर गर्दै विद्यार्थी भर्ना सुरु गर्न लागेको उनले बताए। उनले अभिभावक र विद्यार्थीहरुको मागलाई ध्यानमा राख्दै विद्यार्थी भर्ना सुरु गर्न लागिएको र अब सञ्चालनको आवश्यकता पनि रहेको बताए। 

एनव्याब्सनका जिल्ला अध्यक्ष विमल गौतमको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९का कारण शैक्षिक संस्थाहरुले भोग्नु परेको समस्या, आवश्यक शैक्षिक रणनीति, सञ्चालित शैक्षिक क्रियाकलाप, विद्यार्थी अभिलेखीकरण, आर्थिक तथा सामाजिक समस्याका विषयमा छलफल गर्नुका साथै उच्च सुरक्षा उपनाउँदै विद्यार्थी भर्ना र पठपाठन सुरु गर्नुपर्ने निर्णय गरेको हो। 

शैक्षिक शत्र २०७६ को बक्यौता रकम, शिक्षक कर्मचारीको सेवा सुविधा र संस्थागत विद्यालयका अस्वस्थ्य र अर्मयादित क्रियाकलाप रोकी शिक्षण सिकाइलाई प्रभाविकारी बनाउने विषयमा समेत छलफल भएको थियो। बैठकमा  नेशनल प्याब्सन प्रदेश नं ५ का अध्यक्ष सुवोधकुमार डाँगी, केन्द्रीय सदस्य प्रकाशकुमार शर्मा, संस्थाका निर्वतमान अध्यक्ष भिमबहादुर बुढाथोकीको पनि सहभागिता थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.