धरानको पालीका बजारमा आगलागि : ११ व्यापारीका पसल जले

धरानको पालीका बजारमा आगलागि : ११ व्यापारीका पसल जले

धरान : सुनसरीको धरान उपमहानगरपालिका –३ स्थित पालिका बजारमा आगलागी भएको छ। सोमबार बिहानै लागेको आगलागीमा परी ११ वटा कसमेटिक र तरकारी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए। 

पालिका बजारको एक पसलमा भएको विद्युत सटका कारण आगलागी सुरु भएको प्रहरी निरीक्षक ओलीले बताए। आगलागीमा परी वसिम श्रेष्ठ, ज्ञानकुमार श्रेष्ठ, प्रविना लिम्बु, इन्दिरा श्रेष्ठ, मिरा निरौला, सुरेन्द्र चौधरी, लालबहादुर राई, यामकुमार विक, कल्पना तामाङ, रमा चौहान, अनिता आचार्जुको टिनको छानो भएको पसल जलेर नष्ट भएको छ। 

आगलागीमा करिब ५२ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। आगलागी पश्चात धरान उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ। पालिका बजारमा कसमेटिक र तरकारी पसल संचालन गरी परिवार पाल्दै आएका उनीहरुको पसल जलेर नष्ट भएपछि परिवार नै बिचल्लीमा परेको  पीडितहरुको गुनासो छ। उनीहरुले उचित क्षतिपूर्ति दिलाई दिन सरकारसँग माग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.