गोरखामा घट्दै कोरोना बिरामी : आइसोलेसनमा दुई जनामात्र
गोरखा : कुनैबेला आइसोलेसनमा एक सय छ जनासम्म पुगेको गोरखाका आइसोलेसनमा अब जम्मा दुई जना मात्र कोरोनाका बिरामी रहेका छन्। गोरखा अस्पतालको आइसोलेसनमा दुई जनाको उपचार भइराखेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए।
अस्पतालको आइसोलेसनमा उपचाररत चार जना शुक्रबार डिस्चार्ज गरेपछि दुईजना मात्र बाँकी भएका हुन्। प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट दुई पटकसम्म कोरोना रिपोर्ट नेगेटिभ पुष्टि भएका चार जनालाई घर पठाइएको ढकालले जनाए।
शुक्रबार पालुङ्टार नगरपालिकाका एक पुरुष, भीमसेन थापा गाउँपालिकाका एक पुरुष र सहिद लखन गाउँपालिकाका दुई पुरुष कोरोनामुक्त भएर घर फर्केका ढकालले जानकारी दिए।
गोरखाका क्वारेण्टाइनमा अहिले एकसय १७ जना बसिरहेका छन्। सामुहिक क्वारेण्टाइन, होटल क्वारेण्टाइन र होमक्वारेण्टाइनका गरेर अहिलेसम्म दुई हजार तीन सय जनाको स्वाब संकलन गरी पठाएकोमा ११४ जनाको रिपोर्ट आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस !