कोरोना सचेतनाका लागि सडकमा  प्रहरी र युवा

कोरोना सचेतनाका लागि सडकमा  प्रहरी र युवा

पोखरा : लकडान हटेसँगै जनजीवन खुला भएको छ। खुला भएसँगै बिना मास्क बाहिर निस्कने र कामै नभई अबेरसम्म बाहिर घुमफिरमा निष्कने क्रम बढेसँगै भिडभाड बढ्न थालेको छ। 

लकडाउन खुले पनि कोरोन संक्रमण झन् बढ्न थालेपछि पोखराका मुख्य बजार पृथ्वीचोक, सिर्जना चोक, महेन्द्रपुल लगायतका चोकमा नेपाल प्रहरी र राष्ट्रिय सेवा दलका युवा सचेतना नारा लेखिएको प्लेकार्ड लिएर चोक चोकमा उभिदै आएका छन्। 

मास्क लगाएर मात्र हिँड्न, आवश्यकता अनुसार सेनिटाइजर प्रयोग गर्न, रुघाखोकी र ज्वरो आएमा बाहिर नहिड्न अनुरोध गरिएको सचेतना प्लेकार्ड बोकेर नेपाल प्रहरी र राष्ट्रिय सेवा दलका युवा चोक चोकमा उभिएर बस्न थालेका हुन्।
 
कोरोना संक्रमण दर बढिरहेको र मास्कको प्रयोग घटिरहेकोले गृहमन्त्रालयले मास्कको प्रयोग अनिवार्य गरी कडीकडाउ  गर्न प्रशासन र प्रहरीलाई निर्देशन दिएको थियो। 

मास्क लगाएर मात्र बाहिर निस्कन र विना काम अबेरसम्म भिडभाड हुने गरी बाहिर निस्कनेलाई सम्झाउँदै आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले बताए। पोखरामा अझै पनि करिब ४ सयको संख्यामा पर्यटक रहेको पर्यटन व्यवसायीले बताएका छन्। नियम उल्लघंन गरी मास्क नलगाई हिड्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हमालले जानकारी दिए। 


  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.