गोरखामा पहिरोले पुरिएर सडक मजदुरको मृत्यु
गोरखा : बेनिघाट–आरुघाट लार्के सडक निर्माणको क्रममा पहिरो खसेर एक कामदारको मृत्यु भएको छ। कामको सिलसिलामा धार्चे–२ तातोपानीको पुलपारी जंगलमा पहिरोमा पुरिएर चितवनका महेन्द्र बर्तौलाको मृत्यु भएको हो ।
आइतबार बिहान सातबजेको पहिरोमा पुरिएर बर्तौलाको निधन भएको सडक निर्माण कार्यदलका प्रमुख मेजर निशान्त क्षेत्रीले जानकारी दिए । उक्त सडकखण्ड नेपाली सेनाले निर्माण गरिराखेको छ ।



प्रतिक्रिया दिनुहोस !