धरानमा लापरवाहीले फैलियो कोराना : प्रिति भल्भमा काम गर्ने पाँचजना संक्रमित
धरान : चरम लापरवाहीका कारण धरान उपमहानगरपालिकामा कोरानोको संक्रमण समुदाय स्थरमा फैलिएको छ। धरानको तीनकुने स्थित प्रिति भल्भ एण्ड फिटिङस इण्डष्ट्रिज प्रालीबाट धरानमा समुहदाय स्थरमा कोरोना संक्रमण फैलिएको हो।
प्रिति भल्भमा कार्यरत २८ वर्षीय पुरुषमा सुरुमा कोरना संक्रमण देखिएको थियो। उनलाई कोराना देखिएपछि उपचारका लागि तत्काल बिपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरियो। तर, प्रिति भल्भ एण्ड फिटिङस इण्डष्ट्रिज प्रालीलाई सिल गरेर सावधानी अपनाउनु पर्ने भए पनि स्थानीय प्रशासनले उक्त उद्योग संचालनमा रोग नलगाउँदा कोराना धरानको समुदाय स्थरमा फैलियो।
उद्योगमा काम गर्ने ४३ वर्षीय पुरुष र अर्का २८ वर्षीय पुरुष जनकपुर र उदयपुर लगायतका स्थानमा गइ घुमफिर गरेपछि उनीहरुले नै कोराना धरानमा भित्राएको पुष्टिसमेत भएको छ। सुरुमा सावधानी नअपनाउँदा उद्योगमा काम गर्ने ४३ वर्षीय पुरुषकी ३४ वर्षीया श्रीमती, ९ वर्षीय छोरा र ५ वर्षीया छोरीमा समेत कोराना पोजिटिभ देखियो। उनीहरु धरान ८ को सिद्धकाली चोकमा र अर्का व्यक्ति धरान १ को लक्ष्मी चोकमा बस्दै आएका थिए।
पाँचै जनालाई आइतबार उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको धरान उपमहानगरपालिकाका स्वास्थय शाखा प्रमुख उमेश मेहताले जानकारी दिए। त्यस्तै भारतीय सेनामा कार्यरत धरानका थप चार पुरुषमा कोराना देखिएको छ। भारतको मणिपुरबाट धरान आइ एन्फा एकेडेमीको क्वारेनटाइनमा बसेका धरान १६, धरान ११, धरान १८ र धरान १५ का पुरुषमा कोराना पोजिटिभ देखिएको स्वास्थय शाखा प्रमुख मेहताले बताए।
धरानमा समुदाय स्थरमा नै कोरोना फैलदा समेते औधोगिक क्षेत्रमा व्यवसायी अशोक अग्रवालले संचालन गरेको सील गर्नु पर्ने प्रिति भल्भ एण्ड फिटिङस इण्डष्ट्रिज प्राली निर्वाद रुपमा अझै संचालन भैरहेको छ। समुदाय स्थरमा नै कोराना फैलिए पश्चात धरानबासी त्रसित भएका छन्।
सुनसरीका प्रमुख जिल्ला अधिकराी फणिन्द्रमणि पोखरेलले लापरवाही गरेर प्रिति भल्भ एण्ड फिटिङस इण्डष्ट्रिज प्रालीबाट कोराना संक्रमण फैलिएको प्रमाणित भए संचालकविरुद्ध कडा कार्वाही गर्ने चेतावनी दिएका छन्। उनले तत्काल उक्त उद्योग सिल गर्न धरानका डिएसपी ज्ञानेन्द्र बस्नेत र मेयर तीलक राईलाई निर्देशन दिएको बताए।