पाल्पा कोरोना संक्रमणमुक्त जिल्ला

पाल्पा कोरोना संक्रमणमुक्त जिल्ला

तानसेन : पाल्पालाई कोरोना संक्रमण मुक्त जिल्ला भएको छ।  पाल्पामा कोरोना संक्रमणको उच्च जोखिमको रुपमा पहिचान बनाए पनि पछिल्लो समय भारत लगायत तेस्रो मुलुकबाट आउने व्यक्ती नआएको कारण संक्रमण मुक्त जिल्ला भएको हो। पाल्पामा हालसम्म ५ सय ६१ जना संक्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ भने ५ सय ६० जना निको भएर घर फर्किएका छन्। 

पाल्पामा ३९०७ जनाको पीसीआर परीक्षण भएकोमा ५ सय ६१ जनामा संक्रमण देखिएको थियो।  संक्रमितमध्ये ५१५ जना पुरुष र ४६ जना महिला रहेका छन्। पाल्पामा अहिले आइसोलेसनमा १ जना पनि कोरोना संक्रमित बिरामी नभएकोले आजको मितिसम्मलाई संक्रमणमुक्त जिल्ला भएको जिल्ला स्तरीय कोभिड १९ का फोकल पर्सन श्रीकृष्ण भट्टराईले बताए। 
    

पाल्पामा सबैभन्दा बढी कोरोना संक्रमणबाट पूर्वखोला गाउँपालिका प्रभावित बन्यो। पूर्वखोला गाउँपालिकामा ४ सय ३३ जनाको परीक्षण गरिएकोमा १ सय ६० जनामा संक्रमण देखिएको थियो। सबैभन्दा कम रिव्दीकोट गाउँपालिकामा संक्रमण देखियो। रिव्दीकोट गाउँपालिकामा १ सय २६ जनाको परीक्षण भएकोमा ५ जना संक्रमित देखिए। रामपुर नगरपालिकामा ५ सय ८७ जनाको परीक्षण गरेकोमा १ सय १७ जनाको पोजिटिभ रिपोर्ट आएको थियो।  माथागढी गाउँपालिका भित्र ३ सय २२ जनाको पीसीआर गरेकोमा ३० जनामा संक्रमण देखिएको थियो। रैनादेवीछहरा गाउँपालिकामा ६ सय ३२ जनाको परीक्षण भएकोमा ३९ जना संक्रमित देखिएका थिए। 

रम्भा गाउँपालिकामा २ सय ५ जनाको परीक्षण भएकोमा ४४ जना संक्रमित देखिएका थिए। बगनासकाली गाउँपालिका ३ सय २१ जनाको परीक्षण भएकोमा ४२ जनाको कोरोना पोजिटिभ देखियो। तिनाउँ गाउँपालिकामा १ सय ९९ जनामा परीक्षण गरिएकोमा ८ जना संक्रमित, निस्दी गाउँपालिकामा ३ सय ३२ जनामा पीसीआर परीक्षण भएकोमा ९९ जनाको पोजिटिभ, तानसेन नगरपालिकामा ६ सय ३६ जनामा परीक्षण भएकोमा १४ जनामा मात्र संक्रमण देखिएको थियो। यसैगरी पाल्पाका अस्पतालहरुमा १ सय ६ जनाको परीक्षण भएकोमा ३ जनामा संक्रमण देखिएको थियो। 

समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको वा नफैलिएको बारेमा जानकारी लिन जिल्लाका व्यापारी, पत्रकार, सुरक्षाकर्मी र बैंक तथा वित्तीय संस्थामा बसेर समुदायसँग दिनहुँ सम्पर्करत व्यक्तिको नमुना परीक्षण गरिएको छ। समुदाय स्तरका १ सय १८ जनाको पीसीआर परीक्षण भएकोमा सबै जनाको रिपोट नेजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.