पोखरामा सतर्कता यसरी मनाइयो गाईजात्रा
पोखरा : पोखरामा कोरोना संक्रमण नहोस् भनेर सतर्कता अपनाउँदै गाइजात्रा पर्व मनाइएको छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिंगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने गरिन्छ।
कोरोना भाइरसको जोखिमको कारण सरकारले भिडभाड नगर्न आग्रह गरेको कारणले यस वर्ष परिवारका सदस्य मात्र भएर गाईजात्रा निकालिएको संस्कृति कर्मी अष्टमान प्रधानाङ्गले बताए। कोरोना भाइरसको जोखिमको कारण सरकारले भिडभाड नगर्न आग्रह गरेको कारणले यस वर्ष तायामचा नृत्य भने नगरिएको उनले बताए।
_20200804103622.jpg)
नेवाः खलः कास्कीको आह्वानमा प्रत्येक वर्ष हुँदै आएको गाईजात्रा महोत्सवमा हुने तायामचा प्रतियोगितामा पनि कोइराला पनि सहभागी हुँदै आएको उनले बताए। यस वर्ष कोरोना जोखिमको कारण गाईजात्रा महोत्सव लगायतका भिडभाड हुने सांस्कृतिक कार्यक्रम रोकीएको संस्कृतिकर्मी अष्टमान प्रधानाङ्गले जानकारी दिए। रामायण, महाभारत, लाखेनाच जस्ता सांस्कृतिक कार्यक्रम पनि यस वर्ष कोभिडको कारण रोकीएको प्रधानाङ्गले बताए।
राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी रानीलाई दुनियाँले पनि यस्तो शोक व्यहोर्नु पर्छ भन्ने देखाउन आआफ्ना दिवंगत आफन्तका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनि आज्ञा दिएका किंवदंती छ। त्यती बेलादेखि गाईजात्रा हुँदै आएको छ। गाईजात्राका दिनमा ताःहासा बनाई प्रमुख मन्दिर भीमसेन, गणेश, भैरव मन्दिरको दर्शन गर्ने परम्परा रहेको छ।
_20200804103622.jpg)
_20200804103622.jpg)
_20200804103622.jpg)
_20200804103621.jpg)
प्रतिक्रिया दिनुहोस !