सुनसरीका स्थानीय तहमा लकडाउन

सुनसरीका स्थानीय तहमा लकडाउन

इटहरी : कोरोना पोजेटिभको संख्या बढ्दै गएपछि सुनसरीका स्थानीय तहमा लकडाउन भएको छ। 

सुनसरीमा ढुवानीबाहेकका सवारी संचालनमा रोक लगाउने निर्णय गरिएको छ। प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमणको जोखिम थपिएको भन्दै यस्तो निर्णय गरेको हो। 

बैठकले रिक्सा, टेम्पो, म्याजिक, माइक्रोलगायत भाडाका साधन संचालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ। बैठकले दिउँसो १२ देखि ४ बजेसम्म अत्यावश्यकबाहेकका बजार, पसल खोल्न दिने निर्णय गरेको छ। सीमामा थप कडाई गर्ने निर्णयसमेत गरेको छ। 

सुनसरी सदरमुकाम इनरुवा नगरपालिका ६ दिनका लागि बन्द गरिएको छ। इनरूवामा २६ गतेसम्म बैंक तथा वित्तीय संस्थासहित पूर्ण लकडाउनको घोषणा गरिएको हो।

यस्तै सुनसरीको दुहबीमा दुई साताको लागि लकडाउन गरिएको छ। दुहबी नगरपालिकाका कर्मचारीसहित ४ जनामा कोरोना पुष्टि भएसँगै लकडाउन गरिएको हो। 

अति आवश्यकबाहेकका काममा बाहिर निस्कन र पसल खोल्न रोक लगाइएको छ। पसल खोले ५ हजार रुपैयाँ जरिवाना गर्ने नगरपालिकाले चेतावनी दिएको छ। यस्तै यता इटहरी उपमहानगरपालिकासमेत ५ दिनका लागि लकडाउन गरिएको छ। 

मंगलबार बसेको कोभिड-१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको इटहरी उपमहानगर स्तरीय आकस्मिक बैठकले २५ गते राति १२ बजेसम्मका लागि लकडाउन गरेको इटहरी अस्पतालका रामकुमार धमलाले जानकारी दिए।

यता रामधुनी नगरपालिका, भोक्राहा नर्सिङ गाउँपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका लगायतले समेत लकडाउन गरेका छन्। बराह नगरपालिका र धरान उपमहानगरपालिकाले बुधबार लकडाउन घोषणा गर्दैछन्।

यस्तै इटहरीस्थित यातायात कार्यालय २३ गतेसम्मका लागि बन्द गरिएको छ। कार्यालयले सूचना जारी गर्दै २१ गतेदेखि २३ गतेसम्म कार्यालय बन्द हुने जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.