बिना मास्क हिंड्नेलाई मास्क वितरण
गोरखा : गोरखा बजारमा बिनामास्क हिंड्नेलाई रोटरी क्लव अफ गोरखाले मास्क वितरण गरेको छ। मास्क लगाउने बानी विकास गर्नका लागि मास्क वितरण गरिएको क्लवका अध्यक्ष काशिनाथ अम्गाईले जानकारी दिए।
बिहान दसबजेदेखि वितरण गर्न थालिएको उनले बताए। बालबालिका, वृद्धवृद्धा, युवायुवती सबै उमेर समूहका यात्रुहरुलाई मास्क वितरण गरिएको उनले बताए । कोरोना महामारी बढ्दै गइरहे पनि मास्क लगाउने बानी नपरेकाले यस्तो कार्यक्रम गरिएको अध्यक्ष अम्गाईले बताए ।
प्रतिक्रिया दिनुहोस !