खानेपानी मुहान तोडफोड गरेको आरोपमा एक पक्राउ
धरान : धरान उपमहानगरपालिका–१३ मा रहेको खानेपानी व्यवस्थापन बोर्डको मुहान तोडफोड गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। धरानमा भष्टाचारविरुद्धको अभियान चलाई रहेका स्थानीय हर्क साङपाङलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो।
खानेपानी व्यवस्थापन बोर्डका प्रमुख राजु पोखरेलले खानेपानी मुहान तोडफोड गरेको भन्दै किटानी जाहेरी दिए पश्चात साङपाङलाई मंगलबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द बस्नेतले जानकारी दिए।
गत सोमबार उनीसहितको समूहले खानेपानी मुहानमा ताडफोड गरेको भन्दै किटानी जाहेरी दिएको खानेपानी व्यवस्थापन बोर्डका प्रमुख पोखरेलले बताए। साम्पाङसँगै धरान खानेपानी संस्थान धरानका प्रमुख रामकुमार श्रेष्ठमाथि कारबाहीको माग गर्दै जाहेरी दिइएको थियो। उनी भने पक्राउ परेका छैनन्।