पोखरामा सलह
पोखरा : पोखरामा मंगलबार सलह किरा देखिएका छन्। पोखराको हेमजामा फाट्फुट्ट सलह किरा देखिएको हो। पोखरामा सलह किरा देखिएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले बताए। पर्वतको आकाश हुँदै पोखरामा केही झुण्ड आएको उनले सुनाए।
महाशाखा प्रमुख कडरियाले पोखरामा सलह आएकोले बालीनाली अवलोकन गर्नु होला, सके टिपेर मार्नु होस, चर्को आवाज गरी भगाउँनुहोस भनेर फेसबुकमै किसानलाई सुझाएका छन्। पोखराको हेमजामा सलहको झुण्ड देखिएको उनले बताए। अन्यत्र पनि फाटफुट रुपमा देखापरेको उनले सुनाए। पोखराको हेमजाका किसान शालिकराम बास्तोलाले बुधवार सलह किराको केही झुण्ड देखिएको बताए। केही मात्रामा सलह देखिए पनि बालीनाली नोक्साननै गर्ने गरी धेरै संख्यामा भने नरहेको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !