समुदायमा कोरोना देखिएपछि गोरखाको लक्ष्मीबजार 'सिल'
गोरखा : व्युटी पार्लर सञ्चालकलाई देखिएको कोरोना समुदायमा फैलिएपछि गोरखा नगरपालिका ९ लक्ष्मीबजार क्षेत्रलाई पूर्ण रुपमा बन्देज(सिल) गरिएको छ । बिहीबार सम्पन्न जिल्लास्तरीय कमाण्डपोष्ट एवं सिसिएमसीको बैठकले लक्ष्मीबजार र यस आसपासका क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो ।
'लक्ष्मीबजारकी व्युटिपार्लर सञ्चालकलाई संक्रमण देखिएको र उनको कन्ट्याक ट्रेसिङको क्रममा समुदायका तीनजनामा संक्रमण देखिएपछि लक्ष्मीबजार र आसपासका क्षेत्रलाई पूर्णरुपमा बन्देज(सिल) गर्ने निर्णय भएको छ,'बैठकको निर्णय सुनाउँदै जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हर्क रोकाले भने, 'पूर्वमा खोलखोले, कट्टेलचोक, पश्चिममा टक्सार, सातदोबाटो, उत्तरमा सिर्दिखोला र दक्षिणमा लुदीखोलाको घेराभित्रको क्षेत्रलाई सिल गर्ने निर्णय भएको हो ।'
प्रतिक्रिया दिनुहोस !