दुई युवाले लकडाउनमा सुरु गरेको हाँसपालन फस्टाउँदै (तस्बिरसहित)

दुई युवाले लकडाउनमा सुरु गरेको हाँसपालन फस्टाउँदै (तस्बिरसहित)

पोखरा : कोभिड—१९ (कोरोना भाइरस)को कारण विश्वमै बेरोजगार हुनेको संख्या दैनिक बढ्दो छ। नेपाल पनि बेरोजगार समस्याबाट अछुतो रहने कुरा रहेन। नेपालमै विभिन्न रोजगारमा व्यस्त युवाहरु बेरोजगार भइरहेका छन्। विदेशमा रोजगारमा व्यस्त नेपाली युवाहरु पनि कोरोना कहरमा रोजगार गुमाएर घर फर्कने क्रम बढेसँगै बेरोजगारी समस्या चुलिदो छ। 

यस्तो अवस्थामा पोखरेली दुई युवा भने आफैँ व्यवसायी बनेर अरुलाई पनि रोजगार दिएका छन्। पोखरा बेगनास तालका ३८ वर्षिय विष्णुहरि न्यौपाने र पोखरा शिवालय चोकका ३८ वर्षिय गुरुप्रसाद पौडेलले लकडाउनकै समयमा व्यवसायिक हाँस पालन गरेर अरुलाई पनि रोजगारी दिएका हुन्। पोखरा २४ लौरुकस्थित हर्पन खोलाको किनारमा उनीहरुले लकडाउनमै संचालन गरेको बिजी एग्रो एण्ड ब्रिडिङ फार्म प्रालिमा अहिले २५ सय हाँस छन्। फार्ममा ६ जनाले रोजगारी पनि पाएका छन्।  

लकडाउनको बेलामा फेवा सिरान लौरुकतर्फ साइकलमा घुम्ने क्रममा हर्पन खोला किरनारमा कुखुरा पाल्न छाडेको खोर विष्णुहरिले देखे। खोलाको किनारमा प्रयोगविहीन अवस्थाको कुखुराको खोर देखेपछि उनले त्यही हाँस पाल्न सकिन्छ भन्ने उनलाई लाग्यो। त्यसपछि सुरु भयो जमिनको मालिक खोजी। पहिले जग्गा भाडामा लिएर कुखुरा पालन गरेका व्यवसायीले व्यवसाय छाडेको ठाउँलाई हाँस पाल्ने प्रस्ताव लिएर जग्गा धनीकोमा गएका युवाले २० रोपनी जमिन १२ वर्षका लागि भाडामा पाए। 

त्यही जग्गामा लकडाउनकै बीच पुरानो खोर मर्मत, नयाँ खोर निर्माण र कम्पाउण्ड गरेर वैशाखदेखि व्यवसायिक रुपमा हाँस पालन सुरु गरेको न्यौपानेले सुनाए। केही वर्ष अघि आफ्नै घरमा एक डेढ सय हाँस पालेको अनुभव भएकोले पनि ठूलो स्केलमा हाँस पाल्न हौशला मिलेको न्यौपानले बताए। अर्का युवा पौडेल पोल्टी व्यवसायी हुन्। 

दश हजार हाँस पाल्ने लक्ष्यका साथ अहिले दुई युवाहरु हाँस पालन व्यवसायमा होमिएका छन्। मासु र अण्डाका लागि हाँस पालन सुरु गरेका उनीहरुले चल्ला आफै उत्पादन गरेर बिक्री गर्ने योजना अनुसार दुई वटा हैचरी मेसिन पनि अडर गरिसकेका छन्। दाना बनाउने मेसिन ल्याइसकेका छन्। अहिलेसम्म १ करोड ३० लाख रुपौयाँ लगानी भइसकेको न्यौपानेले सुनाए। आधुनिक प्रविधि अनुसार व्यवसायलाई थप विस्तार गर्दै लग्ने योजना भएकोले लगानी बढ्दै जाने उनले बताए। खोलामा छाडेर पालिएको हाँस भएकोले पनि आफ्नो फार्मका हाँस स्वास्थ्यकालागि अझै राम्रो भएको उनी सुनाउँछन्। 

लकडाउनमा सुरु गरेको हाँस पालन व्यवसायले आम्दानी पनि दिन सुरु गरिसकेको न्यौपानेले बताए। अहिलेसम्म ९ सय हाँस बिक्री भइसकेको उनले सुनाए। हाँस प्रति ग्राहकको आकर्षण बढेकोले फार्ममै पनि हाँस लिन आउने गरेको उनले सुनाए। अर्डर अनुसार बजारमा पनि हाँस पुर्‍याउँदै आएको न्यौपानेको भनाई छ। पर्यटन उद्योग ठप्प भएको बेलामा पनि पोखरेली ग्राहकको हाँसको मासुप्रतिको आकर्षणले गर्दा बजारको समस्या भने नरहेको उनले सुनाए। 

हाँस किन्न फार्ममा पुगेका शिशिर मिश्रले खोलामा छाडेर व्यवसायिक हाँस पालेको थाहा पाएर फार्म हेर्न र हाँस पनि लग्ने गरी आएको सुनाए। हाँसको मासु स्वास्थ्यका लागि निकै फाइदा जनक र मुटुको लागि हाँसको मासु धेरै उपयुक्त भएकोले पनि आफू हाँसको मासु खाने गरेको उनले बताए।

 मस्कोभी, पेकीङ, खागी केमल (लोकल) हाँस गरी तीन प्रजातीका हाँस आफ्नो फार्ममा रहेको न्यौपानेले सुनाए। मस्कोभी जातको हाँसको भाले २५ सय , पोथी १५ सय, पेकीङ जानको भाले २ हजार र लोकल हाँस १२ सय रुपौयाँमा बिक्री गरिँदै आएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.