कास्कीमा निषेधाज्ञा : सुनसान पोखरा
पोखरा : कास्की जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढेपछि मंगलबार राति १२ बजेदेखि भएको निषेधाज्ञा भएपछि पोखरा सुनसान भएको छ।
पोखरामा मुख्य बजार महेन्द्रपुल, पृथ्वीचोक, सिर्जनाचोक, लेकसाइड लगायतका सबै बजार र सडक सुनसान भएका हुन्। जिल्ला प्रशासन कार्यालय कास्कीले खाद्यन्न सामग्री, तरकारी, माछामासु, दूध दहीको पसल खोल्न समय तोकेको छ। बिहान ५ बजेदेखि ८ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सेवा खोल्न पाइने छ।
निषेधाज्ञाको पहिलो दिन सवारी साधन ठप्प रहे। बजार बन्द छन्। खुलेका पसलमा पनि ग्राहक निकै कम पुगेका छन्। मंगलबारदेखि नै लकडाउन हुने हल्लाले सोमबार तिजका लागि आवश्यक सामग्री किन्नेको बजारमा भिड लागेको थियो।
बिना काममा निस्कनेको संख्या निकै कम रहेको र बिना काममा हिँड्नेलाई सुरक्षाकर्मीले सम्झाएर फर्काएका थिए। निषेधाज्ञाको पहिलो दिन पोखरेली घरमै बसेर साथ दिएको र यसरी नै साथ दिने विश्वा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।
पोखरा महानगरपालिकाले निषेधाज्ञा पालना गर्न माइकिङ गरेको छ। जिल्ला प्रहरी कायालय कास्की, वडा प्रहरी कर्यालयहरुले पनि आआप्नो कार्य क्षेत्रमा निषेधाज्ञा पालना गर्न अनुरोध गर्दै माइकिङ गरेका छन्। लकडाउन खुले संगै बाहिरी जिल्लाबाट पोखरा आउने क्रम बढ्यो। यसले पोखरामा पनि संक्रमणको दर बढ्दै गयो।
संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा लगाउनु गरेको पोखरा महानगरपालिकाले बताएको छ। यस अघि कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ गते देखि साउन पहिलो हप्ता सम्म लकडाउन लगाएको थियो। _20200819133435.jpg)
पोखरामा आइतबार २२ जनामा, शनिबार १२ जनामा कोरोना पुष्टि भएको थियो। सोमबार १५ जना, मंगलबार ६ जनामा कोरोना संक्रमण भेटिएको थियो। बुधबार पोखरामा ४ जनामा कोरोना देखिएको छ। पोखरामा कोरोनाबाट हालसम्म दुई जनाको मृत्यु भएको छ। २ सय ४९ संक्रमित हुँदा निको हुनेको संख्या १ सय ५९ रहेको छ। कोरोनाका संक्रिय बिरामी ८८ जना रहेका छन्।
_20200819133436.jpg)
_20200819133435.jpg)
_20200819133435.jpg)
प्रतिक्रिया दिनुहोस !