कोरोनाले चितवनमा एक जनाको मृत्यु

कोरोनाले चितवनमा एक जनाको मृत्यु

चितवन : बिहीबार चितवनमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ।  भरतपुर अस्पतालका आईसीयूमा उपचाररत ६५ वर्षीय पुरुषको मृत्यु भएको  जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए। 

उनी रत्ननगर नगरपालिका–१३ का स्थायी बासिन्दा हुन्। कोरोना पुष्टिपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई ६ दिनदेखि आईसीयूमा राखिएको थियो। उनको आईसीयूमै बिहीबार मृत्यु भएको हो। 

उनी क्षयरोग, फोक्सोको समस्यालगायत दीर्घ रोगबाट पीडित थिए। उनीसँगै चितवनमा कोरोनाले मृत्यु हुनेको संख्या चार पुगेको छ। मृतकमध्ये एकजना भने कैलालीका हुन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.