पर्सामा ५५ संक्रमित थपिए

पर्सामा ५५ संक्रमित थपिए

वीरगन्ज : पर्सामा बिहीबार थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोशगालामा बिहीबार दिउँसो गरिएको परीक्षणमा पर्साका ४५ पुरुष र १० महिला गरेर ५५ जनामा संक्रमण पुष्टि भएको हो।
 
जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार, बिहीबार संक्रमण पुष्टि भएका ५५ मध्ये ३२ जना वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका बासिन्दा छन्। यस्तै पर्साको पोखरीया नगरपालिकाका १ वडा अध्यक्षसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको श्रीवास्तवले जानकारी दिए। 

उनका अनुसार पोखरीया नगरपालिकाका एम्बुलेन्स चालकसहित ७ जना कर्मचारी, नगरपालिकाको वडा नम्बर ४ का ४, वडा नम्बर ५ का २, वडा नम्बर १, २ र ९ का १÷१ जना गरेर १५ जनामा बिहीबार संक्रमण पुष्टि भएको हो। 

यस्तै धोबिनी गाउँपालिकाका ३ जना र पकहाँमैनपुर गाउपालिकाका–५ जनामा पनि संक्रमण पुष्टि भएको हो। बिहीबार थप ५५ जनामा संक्रमण पुष्टि भएसंगै पर्सा जिल्लामा संक्रमितको संख्या १ हजार ६ सय ६१ पुगेको छ।

ती मध्ये वीरगन्ज बस्ने २२ जना भारतीय नागरिक, १०६ जना स्वास्थ्यकर्मी, ४८ जना अस्पतालका कर्मचारी, ८० जना सुरक्षाकर्मी, ६ पत्रकार र ८९ कैदी थुनुवा हुन्।

 पर्सामा साउन यता मात्रै १ हजार ५ सय ४ जनामा संक्रमण पुष्टि भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार भदौ ३ गते साँझसम्म ३ सय ३८ जना कोरोना जितेर घर फर्किएका छन्। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.