लकडाउनमा फस्टाएको हाँसपालन

लकडाउनमा फस्टाएको हाँसपालन

पोखरा : कोरोनाका कारण विश्वमै बेरोजगार हुनेको संख्या बढ्दो छ। नेपाल पनि यो समस्याबाट गुज्रिरहेको छ। विदेशमा रोजगार गुमाएका युवा धमाधम घर फर्किरहेका छन्। बेरोजगारी संख्या थपिरहेको छ।

यस्तो अवस्थामा पोखरेली दुई युवाले भने आफै व्यवसायी बनेर अरुलाई पनि रोजगारी दिएका छन्। पोखरा बेगनास तालका ३८ वर्षीय विष्णुहरि न्यौपाने र पोखरा शिवालय चोकका ३८ वर्षीय गुरुप्रसाद पौडेलले लकडाउनकै समयमा व्यावसायिक हाँसपालन गरेर अरुलाई पनि रोजगारी दिएका हुन्। पोखरा २४ लौरुकस्थित हर्पन खोला किनारमा उनीहरुले लकडाउनमै सञ्चालन गरेको बिजी एग्रो एन्ड ब्रिडिङ फार्ममा अहिले २५ सय हाँस छन्। फार्ममा ६ जनाले रोजगारी पनि पाएका छन्।

लकडाउनका बेलामा फेवा सिरान लौरुकतर्फ साइकलमा घुम्ने क्रममा हर्पन खोला किरनारमा कुखुरा पाल्न छाडेको खोर विष्णुहरिले देखे। खोला किनारमा प्रयोगबिहीन अवस्थाको कुखुराको खोर देखेपछि उनलाई त्यही हाँस पाल्न सकिन्छ भन्ने लाग्यो। त्यसपछि सुरु भयो जमिनको मालिक खोजी। पहिले जग्गा भाडामा लिएर कुखुरापालन गरेका व्यवसायीले व्यवसाय छाडेको ठाउँलाई हाँस पाल्ने प्रस्ताव लिएर जग्गा धनीकोमा गएका युवाले २० रोपनी जमिन १२ वर्षका लागि भाडामा पाए।

त्यही जग्गामा लकडाउनकै बीच पुरानो खोर मर्मत, नयाँ खोर निर्माण, सजिसजाउ र कम्पाउन्ड बनाएर वैशाखदेखि व्यावसायिक हाँसपालन सुरु गरेको न्यौपानेले सुनाए। केही वर्षअघि आफ्नै घरमा एक डेढ सय हाँस पालेको अनुभव भएकाले पनि ठूलो स्केलमा हाँस पाल्न हौसला मिलेको न्यौपाने बताउँछन्। अर्का युवा पौडेल पोल्टी व्यवसायी हुन्।

दुई युवा व्यवसायीले पोखरा २४ लौरुकस्थित हर्पन खोलाको किनारमा लकडाउनमै सञ्चालन गरेको बिजी एग्रो एन्ड ब्रिडिङ फार्ममा अहिले २५ सय हाँस छन्।

१० हजार हाँस पाल्ने लक्ष्यका साथ अहिले दुई युवा व्यवसायमा होमिएका छन्। मासु र अण्डाका लागि हाँसपालन सुरु गरेका उनीहरुले चल्ला आफै उत्पादन गरेर बिक्री गर्ने योजनाअनुसार दुईवटा हेचरी मेसिन पनि अर्डर गरिसकेका छन्। दाना बनाउने मेसिन ल्याइसकेका छन्। अहिलेसम्म एक करोड ३० लाख रुपैयाँ लगानी भइसकेको न्यौपानेले सुनाए। आधुनिक प्रविधिअनुसार व्यवसायलाई थप बिस्तार गर्दै लग्ने योजना भएकाले लगानी बढ्दै जाने उनले बताए। खोलामा छाडेर पालिएको हाँस भएकाले पनि आफ्नो फार्मका हाँस स्वास्थ्यका लागि अझै राम्रो भएको उनी सुनाउँछन्।

लकडाउनमा सुरु गरेको हाँसपालन व्यवसायले आम्दानी पनि दिन सुरु गरिसकेको छ। अहिलेसम्म नौ सय हाँस बिक्री भइसकेको छ। हाँसप्रति ग्राहकको आकर्षण बढेकाले फार्ममै पनि हाँस लिन आउने गरेको न्यौपानेले सुनाए। अर्डरअनुसार बजारमा हाँस पुर्‍याउँदै आएको उनले बताए। पर्यटन उद्योग ठप्प भएको बेलामा पनि पोखरेली ग्राहकको हाँसको मासुप्रतिको आकर्षणले बजारको समस्या नरहेको उनले सुनाए।

हाँस किन्न फार्ममा पुगेका शिशिर मि श्रले खोलामा छाडेर व्यावसायिक हाँस पालेको थाहा पाएर फार्म हेर्न र हाँस लग्ने गरी आएको बताए। हाँसको मासु स्वास्थ्यका लागि निकै फाइदाजनक र मुटुको लागि धेरै उपयुक्त भएकाले पनि आफू हाँसको नियमित उपभोक्ता भएको उनले बताए।

मस्कोभी, पेकिङ, खागी केमल (लोकल) हाँस गरी तीन प्रजातीका हाँस फार्ममा रहेको न्यौपानेले सुनाए। मस्कोभी जातको हाँसको भाले २५ सय, पोथी १५ सय, पेकिङ जानको भाले दुई हजार र लोकल हाँस १२ सय रुपैयाँमा बिक्री गरिँदै आएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.