वीरगन्जमा रौतहटका १ संक्रमितको मृत्यु

वीरगन्जमा रौतहटका १ संक्रमितको मृत्यु

वीरगन्ज : वीरगन्जको कोभिड अस्पतालतमा कोरोना भाइरस संक्रमणबाट शनिबार साँझ थप १ संक्रमितको मृत्यु भएको छ।

गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा रौतहटको गम्हरीया ३ का ३० वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए। 

स्वास्थ्यमा समस्या भएपछि उनलाई परिवारले भदौ ११ गते वीरगन्जस्थित नारायणी अस्पतालमा ल्याएर भर्ना गराएका थिए। उपचारका क्रममा भदौं ११ गते नै उनको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि नारायणी अस्पतालकै प्रयोगशालामा पठाइएको थियो। 

प्रयोगशालाबाट भदौ १२ गते शुक्रबार आएको रिपोर्टमा उनमा कोरोना पोजिटिभ देखिएपछि शुक्रबार नै बेलुकी उनलाइ वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा रिफर गरिएको थियो। 

कोभिड अस्पतालको आइसियूमा भर्ना गरिएका उनको उपचारका क्रममा शनिबार साँझ ७ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर चौरसीयाले जानकारी दिए। 

यसअघि वीरगन्जमै शनिबार बिहान र शुक्रबार राति गरेर ३ संक्रमितको मृत्यु भएको छ। शनिबार बिहान १ वीरगन्ज महानगरपालिका– २२ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको थियो । 

वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत रहेका ती पुरुषको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा चितवनको मुग्लीनमा पुग्दा शनिवार बिहान ४ बजे उनको मृत्यु भएको हो। 

यस्तै शुक्रबार राति वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा वीरगन्ज १२ का ४३ वर्षीय पुरुषको र वीरगन्जकै  नारायणी अस्पतालमा वीरगन्ज १२ मुर्लीकी ६५ वर्षिया महिलाको पनि मृत्यु भएको थियो।

वीरगन्जमा अहिले सम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ। साउन यतामा मात्रै ४५ जनाको मृत्यु भएको हो। वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ४८ मध्ये १ बेवारिसे युवक सहित पर्साका ३६, बाराका १० र रौतहटका ३ रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.