रुकुममा १६ किलो लागुऔषधसहित तीन जना पक्राउ

रुकुममा १६ किलो लागुऔषधसहित तीन जना पक्राउ

रुकुम : रुकुम पश्चिममा १६ किलो लागुऔषधसहित तीनजना पक्राउ परेका छन् ।

आठविसकोट नगरपालिका–५ बाट १६ किलो अफिमसहित तीन जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो । जाजरकोटको नलगार्ड नगरपालिका–९ का ३७ वर्षीय प्रेमबहादुर सिंह, ४० वर्षीय मानबहादुर सिंह र ३२ वर्षीय तपबहादुर सिंहलाई अफिम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठगबहादुर केसीले जानकारी दिए ।

लागुऔषध कारोबार भइरहेको गोप्य सुचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरिएको डिएसपी केसीले बताए । प्रहरीले पक्राउ गरेका तीन जनाको झोला चेक जाँच गर्दा लागुऔषध अफिम फेला परेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरुलाई आठ विसकोटबाट जिल्ला प्रहरी कार्यालय ल्याउँदै गरेको डिएसपी केसीले बताए । जिल्ला प्रहरी कार्यालयमा पुर्याएपछि ऐन अनुसार मुद्दा दर्ता गरेर थप अनुसन्धान गरिने उनले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.