‘१६ दिन अस्पताल बस्दा संक्रमितको वार्डमा तीन दिन मात्रै पुगे डाक्टर’

‘१६ दिन अस्पताल बस्दा संक्रमितको वार्डमा तीन दिन मात्रै पुगे डाक्टर’

पोखरा : गत साउन तेस्रो हप्ता सहकारीमा काम गर्ने परिवारका एक महिलालाई कोरोना संक्रमण पुष्टि भयो। उनी बिरामी छोराको उपचार गर्न पोखराको एक निजी अस्पताल पुगेकी थिइन्। उपचारको क्रममा सामान्य ज्वरो आएपछि आमा छोराकै स्वाब परीक्षण भयो।

दुवै जनामा संक्रमण देखिएपछि घरका अन्य सदस्य र सहकारीका अरु सदस्यमा पनि संक्रमण भए नभएको जाँच गरियो। कन्ट्याक ट्रेसिङका क्रममा तीन जना दाजुभाइका परिवारको १३ जनामा संक्रमण पुष्टि भयो। साथै भाडामा बस्ने तीन जनामा पनि संक्रमण देखियो। उनले काम गर्ने सहकारीका सदस्यमा भने संक्रमण देखिएन।

संक्रमण ११ वर्षका बालबालिकादेखि ७३ वर्षसम्मका ज्येष्ठ नागरिकसम्मलाई देखियो। घरमा एक पछि अर्को सदस्यमा कोरोना पुष्टि भएपछि परिवारै तनावमा थियो। ‘विश्वका मान्छेलाई तनाव दिएको कोरोना संक्रमण आफ्नै परिवारका १३ सदस्यमा देखिएपछि तनाव नहुने कुरै भएन’, संक्रमणमुक्त भएका परिवारका एक सदस्य प्रकाश बरालले भने। परिवारका १३ जना र भाडामा बस्ने तीनसहित १६ जनामा संक्रमण देखिएपछि उनका काकाकाकी घरमै आइसोलेसनमा बसे। अन्य सदस्यमध्ये कोही पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन र केही लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पतालमा पुगे।

कोरोनाको औषधि बनेको छैन भन्ने थाहा पाएका सो परिवारका सबैले उच्च मनोबलका साथ संक्रमण जित्ने अठोट गरे। सोहीअनुसार परिवारका १३ सदस्यमध्ये १२ जनाले कोरोना जितिसकेका बरालले सुनाए। उनका अनुसार भाडामा बस्ने तीनमध्ये दुईजना संक्रमण मुक्त भइसकेका छन्। घर फर्किन बाँकी अन्यको स्वास्थ्य अवस्था राम्रो रहेको उनले बताए। बराल लेखनाथको संक्रामक तथा सरुवा रोग अस्पतालमा १६ दिन बसेर डिस्चार्ज भएका हुन्। उनका आमाबुवा पनि सँगै थिए। पछि छोराछोरीमा पनि संक्रमण पुष्टि भएपछि सोही अस्पताल पुगे।

संक्रमित बिरामी आफैंले ब्लडप्रेसर, ज्वरो र शरीरमा हुने अक्सिजनको मात्रा जाँच्न सिके। नजान्नेलाई जान्नेले सहयोग गरे। अस्पतालमा बिहान सबेरैदेखिको रमाइलो माहोलले धेरै संक्रमितको मनोबल बढाउन सहयोग गर्‍यो। तर डाक्टर वार्डभित्रै आएर स्वास्थ्य अवस्था नबुझ्दा केही बिरामी आत्तिने गरेको बरालले बताए। आफू १६ दिन अस्पताल बस्दा तीन दिन मात्र डाक्टर वार्डमा आएको उनले सुनाए। संक्रमण पुष्टि भएर अस्पताल बसेका बरालजस्ता धेरैलाई सुरुमा चिन्ताले खाना रुचेन। ‘पछि एकआपसमा घुलमिल हुँदै जाँदा घर र साथीभाइले ल्याएको फलफूल, बिस्कुटलगायतका खानेकुरा बाँढेर खान्थ्यौ, बरालले भने, पछि त अस्पतालले उपलब्ध गराएको खानाले नै नपुग्ने गरी खाना रुच्न थाल्यो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.