गाउँपालिका अध्यक्षलाई मार्ने धम्की दिने भारतीय ठेकेदार पक्राउ

गाउँपालिका अध्यक्षलाई मार्ने धम्की दिने भारतीय ठेकेदार पक्राउ

इटहरी : सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीलाई भारतीय ठेकेदारले ज्यान मार्ने धम्की दिएका छन् । शुक्रबार राति भारतीय ठेकेदार बब्लु भगतले अन्सारीलाई गोली हानी ज्यान मार्ने धम्की दिएका हुन् । धम्कीलगत्तै भगत पक्राउ परेका छन् ।

फोनमार्फत् धम्की आएपछि अन्सारीले प्रहरीलाई खबर गरेका थिए । धम्की दिने ठेकेदारलाई सुनसरी प्रहरीले कोशी गाउँपालिका–८ स्थित भण्टाबारीबाट राति नै नियन्त्रणमा लिएको प्रहरी प्रमुख कमल थापाले जानकारी दिए । 

अध्यक्षलाई ज्यान मार्ने धम्की आएको खबरसँगै स्थानीयले राजमार्गसमेत अवरुद्ध गरेका थिए । भगत कोशी प्रोजेक्टका ठेकेदार हुन् । नेपालतर्फ पनि विभिन्न ठेक्का पट्टा हेर्ने उनको ससुरालीसुनसरी हो । पारिवारिक विवादमा अध्यक्ष अन्सारीले हस्तक्षेप गरेको भन्दै उनी केहीसमयदेखि आक्रोशित रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

अन्सारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.