शिक्षकबाट अपांग बालिका बलात्कृत : पैसामा मिल्न दबाब

शिक्षकबाट अपांग बालिका बलात्कृत : पैसामा मिल्न दबाब

इटहरी : अपांग छोरी बलात्कार गर्ने छिमेकी डेढ महिनासम्म पनि पक्राउ नपरेपछि बालिकाकी आमाले न्याय पाउनेमा शंका व्यक्त गरेकी छिन् । छोरी बलात्कार गर्ने व्यक्ति चाँडै पक्राउ गरी कारवाही गर्न उनले माग गरेकी छिन् ।

लामो समयसम्म प्रहरीले नियन्त्रणमा लिन नसक्दा आफूमाथि विभिन्न दबाबसमेत बढेको उनले गुनासो गरिन् । 'पैसा दिन्छौं, मिल भन्दै विभिन्न मान्छेले दबाब दिइरहेका छन्, ' उनले भनिन्, 'तर कारवाही नै होस् भन्ने माग छ ।'
 

गत साउन ९ गते इटहरी १६ की १८ वर्षीया किशोरी बलात्कृत भएकी थिइन् । बोल्न नसक्ने र एउटा हात नचल्ने ती बालिकालाई शिक्षकसमेत रहेका कृष्णप्रसाद ढकालले बलात्कार गरेको पीडितकी आमाको दावी छ। मुद्धा दर्ता गरेपछि प्रहरी पुग्नुअघि नै उनी फरार भएका थिए । 

भतिजो ज्वाइसमेत पर्ने ढकालले शारीरिक अशक्तताको मौका छोपेर बलात्कार गरेको उनको आरोप छ । घटनाबारे गाउँ समाजमा कुरा फैलिएपछि छोरीले आत्महत्या गर्ने कोसिस गरेको र मानसिक रुपमा समेत पीडित बनेको आमा बताउँछिन् । घटनाको तेस्रो दिन दिउँसो ती बालिका नजिकैको खोलामा भिजेको अवस्थामा भेटिएकी थिइन् । 

'पेट बढ्छ भनेर डर लाग्यो त्यसैले मर्न भनेर गएँ,' बालिकाले इशाराले अन्नपूर्णकर्मीलाई बताइन् । सोही दिन प्रहरीमा उनको मुद्धा दर्ता गरिएको इलाका प्रहरी कार्यालय पकलीका प्रमुख कैलाश अधिकारीले जानकारी दिए ।

पीडित बालिका र उनको परिवार पीडकलाई जतिसक्दो छिटो कारवाही गर्नुपर्ने पक्षमा छ । 'पैसामा नमिल्ने, हत्कडी लागोस्,' बालिकाले संकेतबाटै भनिन् । तर एक महिनादेखि फरार रहँदा न्याय नपाइने हो कि भन्ने डर लागेको छ।'  नेपाल झिकाएर कानुनअनुसार कारवाही हुनुपर्ने उनीहरुको माग छ । 

ती शिक्षक यसअघि पनि दुव्र्यवहारका घटनामा मुछिएको बताइएको छ । इटहरी र नजिकै रहेको झुम्का बजारका स्कुलले काम नदिएपछि इनरुवाका स्कुलमा पढाउने गर्थे । इनरुवाका स्कुलमा पनि छात्रालाई गाला चिमोट्ने, जे पायो त्यही भन्ने गरेको विद्यार्थीले बताएको स्थानीय शिक्षक सरोज बरालले भने ।

प्रहरी निरीक्षक अधिकारीले भने ढकालको खोजि भइरहेको जानकारी दिए। ती फरार शिक्षकले मोबाइल बोकेको नहुँदा लोकेसन ट्रयाक गर्न समस्या भइरहेको उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.