लकडाउनले आयोजना प्रभावित

लकडाउनले आयोजना प्रभावित

पोखरा : चैत ११ मा लकडाउन सुरु भएसँगै पोखरा खानेपानी सुधार आयोजनाको काम पनि रोकियो । काम गत महिनादेखि पुनः सुरु भए पनि निकै धिमा गतिमा चलेको छ । लकडाउनअघि भएको कामको तुलनामा अहिले १० प्रतिशत मजदुरले मात्रै काम पाएको खानेपानी संस्थानले बताएको छ । त्यतिबेला दैनिक पाँच सय कामदार खटिन्थे ।

लकडाउन भएसँगै आयोजनाका मुख्य जिम्मेवार जापानी कन्सलटेन्ट टोली चार्टर्ड प्लेनमा जापान फर्किएका थिए । उनीहरू अझै काममा फर्किएका छैनन् । त्यसैले थोरै जनशक्तिबाट मात्र काम भइरहेको खानेपानी संस्थान पोखराका शाखाका सहायक इन्जिनियर सन्तोषकुमार दासले बताए । उनका अनुसार जापानमा रहेका कन्सलटेन्टलाई नेपाल फर्कन सहज हुने गरी भिसाका लागि सहजीकरण गर्न खानेपानी मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

यो आयोजनालाई मेलम्चीपछिको दोस्रो ठूलो र नेपालकै सबैभन्दा स्वच्छ खानेपानी परियोजना रूपमा दाबी गरिन्छ । जुन जापान सरकारको ४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ अनुदान दिने सम्झौतासँगै सुरु भएको थियो । यसमा मर्दी खोलाको पानीलाई प्रशोधन र शुद्धीकरण गरी पिउन योग्य बनाउने भएको छ । लकडाउनअघि पोखरा बजारमा गरेको पाइप विस्तारको कामलाई निकै व्यवस्थित भन्दै पोखरेलीले प्रशंसासमेत गरे । आयोजनाको काम समयमै सकिएमा पोखरेलीले २०७९ मंसिरसम्ममा शुद्ध पानी पिउन पाउने छन् ।

२० मे २०१९ मा शिलान्यास भएको उक्त आयोजना सन् २०२२ को डिसेम्बर १५ मा सक्नुपर्ने समय सीमा तोकेर काम सुरु भएको हो । आयोजना सुरु भएको एक वर्षको समयमा २२ प्रतिशत काम सकिएको र लक्ष्यभन्दा धेरै द्रुत गतिमा काम हुँदाहुँदै काम रोकिएको नेपाल खानेपानी संस्थान पोखरा शाखा प्रमुख कार्कीले बताए । पोखरा बजारमा १५ किलोमिटर क्षेत्रमा पाइप लाइन बिस्तार गरिसकिएको छ । त्यसैगरी फूलबारीमा २० लाख लिटर पानी अट्ने पानी ट्यांकी निर्माणको काम ८० प्रतिशत सम्पन्न भइसकेको, कोलपाटन, पस्र्याङमा निर्माण भइरहेको २०÷२० लाख लिटरको रिजर्भवायर पानी ट्यांकी निर्माणको काम पनि भइरहेको थियो । पानी थिग्य्राउने (सेडिमेन्ट ट्यांक), फिल्टर, सफा पानी मात्र संकलन गर्ने ट्यांकी र क्लोरिनेसन प्लान निर्माणलगायतका काम भइरहेको अवस्थामा काम रोकिएको उनले बताए ।

मर्दी खोलाबाट साढे चार करोड लिटर पानी दैनिक उपयोग हुँदै आएको छ । पोखराको भोटीखोला, कालीमुडा, धारापानी, पाँच वटा बोरिङलगायतबाट दैनिक एक करोड लिटर पानी गरी साढे पाँच करोड लिटर खानेपानी उत्पादन हुँदै आएको छ । पोखरामा दैनिक ६ करोड लिटर पानीको माग छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.