तुलसीपुरमा विद्यालय सञ्चालनको तयारी

तुलसीपुरमा विद्यालय सञ्चालनको तयारी

दाङ : कोरोना महामारीका कारण पूर्ण रुपमा ठप्प भएको शैक्षिक सत्रलाई क्रियाशिल बनाउन थालिएको छ। तुलसीपुर उपमहानगरपालिकाले विद्यालय सञ्चालनको मोडालिटी तयार पारेर विद्यालय सञ्चालनको तयारी समेत थालेको छ। 

शिक्षा मन्त्रालयले चालु शैक्षिक सत्रको पाठ्यक्रम समायोजन ढाँचा सार्वजनिक भएपछि स्थानीय तहमामा विद्यालय सञ्चालनको उपाएको वारेमा खोजी समेत गर्न थालिएको हो। 

शैक्षिक सत्रको ५ महिना बितिसक्दा पनि विद्यालय सञ्चालनको औपचारिकता नआएपछि उपमहानगरको शिक्षा शाखाले विद्यालयका प्रधानाध्यापक र सरोकारवालासंग विद्यालय सञ्चालनको मोडालिटिमा छलफल गरेको छ।

तुलसीपुरले कोभिडको यो समयसम्म विद्यालयले गरेको अभ्यास र अब गर्न सकिने नयाँ स्वरुपको बारेमा विद्यार्थी सिकाइ कार्ययोजना तयार गरेर सार्वजनिक समेत गरेको शिक्षा शाखा अधिकृत चक्रबहादुर भण्डारीले जानकारी दिए। 

नगर भित्र सञ्चालन भएका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र शिक्षा सरोकारवालाहरुको सुझावमा रहेर कार्ययोजना तयार पारिएको र त्यसलाई अब प्रभावकारी रुपमा कार्यान्वयन गरिने भण्डारीले बताए। 

तुलसीपुरले विद्यालय कक्षा कोठामा बढीमा २० जनालाई एक पटकमा पढाउनु पर्ने, बाहिर भित्र गर्दा अनुमति कार्डको व्यवस्थास्था गरिने, साबुन पानीले हातधुने र स्यानिटाइजर प्रयोगलाई बढवा दिइने, प्रत्येक दिन कम्तिमा ४ घन्टा अनिवार्य पढाउनु पर्ने, जस्ता नीति समावेस गरेर कार्यायोजना सार्वजनिक गरिएको छ। 

दुई सय भन्दा बढी विद्यार्थी हुने विद्यालयल  विद्यालय क्षेत्र भित्र सिकाइ केन्द्र स्थापना गरेर कक्षा सञ्चालन गर्न सक्ने र सम्पर्क तथा खुला शिक्षाको अवधारणलाई कायम गर्ने नीति अघि सारेको भण्डारीले बताए।

कार्ययोजनाका वारेमा प्रधानाध्यापकहरुसंग शाखाले बुधवार छलपल समेत गरेको छ। भर्चुअल रुपमा भएको छलफलमा प्रधााध्यापकहरुले कार्यायोजना अनुसार काम गर्न सकिने बताएका थिए। उनीहरुले अहिले पनि विद्यालय स्तरमा त्यस्ता प्रयास भएको जानकारी समेत दिएका थिए। 

मावि कालाखोलाका प्रधानाध्यापक राजीव ओझाले विद्यालयले यो बीचमा शिक्षकको विषयगत समूह गठन गरेर विद्यार्थीको सिकाइ बढाउने काम भएको, घरदैलो अभियान पनि सञ्चालन गरेको बताए। 

गृरुजजुर मावि रक्षाचौरका प्रधानाध्यापक विष्णुकुमारी केसीले शैक्षिक गतिविधि बढाइराखेको बताइन। उनले विद्यालयमा एक हजार ३ सय विद्यार्थी भर्ना भइसकेको र तिनीहरुलाई कुनै न कुनै माध्यामबाट सिकाइ भइरहेको बताइन। 

विद्यालयका प्रधानाध्यापकले नगरले ल्याएको नीति प्रभावकारी हुने भन्दै त्यसलाई कार्यान्वयनमा जानु पर्ने बताए। अहिलेकै अवस्थामा केही जटिल र असहज भएको भए पनि यो प्रभावकारी हुने उनीहरुको तर्क थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.