खुल्यो हिमाल, सुनसान पर्यटकीय स्थल

खुल्यो हिमाल, सुनसान पर्यटकीय स्थल

पोखरा : सामान्य अवस्थामा यतिबेला पोखरामा पर्यटकको चहलपहल व्यापक हुन्थ्यो। सेप्टेम्बर महिनाको सुरु देखि नै पर्यटक पोखरा आइपुग्थे। अन्नपूर्ण, धौलागिरि हिमालको पदयात्रामा निस्कने पर्यटक पनि निकै हुन्थे। 

कोभिड–१९ का कारण पोखरा मात्रै हैन विश्व पर्यटन बजार ठप्प छ। नेपाली पर्यटकीय गन्तव्य पनि यसैको मारमा परेको छ। अन्नपूर्ण पदयात्रा क्षेत्रमा जाने आउने विदेशी पर्यटकले पनि पोखरा लेकसाइडको चहलपहल सुरु भइसक्थ्यो। मुक्तिनाथ दर्शन गर्न जाने भारतीय पर्यटक पनि आउन सुरु भइसक्थ्यो। पर्यटकलाई स्वागत गर्न व्यस्त रहने पोखराका पर्यटन व्यवसायी, पर्यटकलाई लिएर पदयात्रामा जाने मजदुर अहिले फुर्सदिला भएका छन्। 

पोखराको पातले छाँगो, गुप्तेश्वर गुफा, विन्ध्यवासिनी मन्दिर, महेन्द्र गुफा, चमेरो गुफा, विश्वशान्ति स्तूप, बेगनासतालमा यतिबेला पर्यटकको चहलपहल भइसक्थ्यो। कोरोनाले होटल, रेस्टुरेन्ट खुले पनि पर्यटक नै नआएको पोखरा पर्यटन 

परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए। पहिलो चरणमा स्वदेशी पर्यटकलाई लक्ष्य गरी होटल खुला भइसकेका छन्। तर, पनि पर्यटक भने आउने क्रम सुरु नभएको उनले बताए। 
पोखराका होटलमा १ खर्ब २५ अर्ब लगानी रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्षले जानकारी दिए। यहाँ साना ठूला गरेर ७ सय होटल छन्। पश्चिमाञ्चल होटल संघमा आबद्ध होटल ४ सय छन्। पोखरामा ३० हजार बेड संख्या छ भने १५ हजार मजदुरले होटलमा रोजगारी पाएका छन्।

कोरोना संक्रमणका कारण व्यवसाय चौपट भएपछि पोखराको लेकसाइडमा होटल भाडामा लिएर सञ्चालन गरेका करिब २५ प्रतिशत व्यवसायीले घरधनीलाई होटलको चाबी बुझाएर घर फर्केको होटल संघका अध्यक्षले बताए। लाखौं रुपैयाँ एड्भान्स दिएर घरभाडामा होटल सञ्चालन गरेका व्यवसायीले घरभेटीलाई दिएको एड्भान्ससमेत माया मारेर घरधनीलाई चाबी बुझाएर घर फर्कने व्यवसायीको संख्या पनि उस्तै छ। 

लेकसाइडमा रहेका पर्यटक लक्षित ठूला लगानीका रेस्टुरेन्ट अझै सबै सञ्चालनमा आएका छैनन्। सञ्चालन खर्च नै नउठ्ने भएपछि व्यवसायी पर्यटकको पर्खामा छन्। खुलेका रेस्टुरेन्टले स्वचालित सेनिटाइजर, रेस्टुरेन्ट पस्नुअघि ज्वरो नाप्ने, ग्राहलाई सेवा दिँदा सुरक्षा सतर्कता अपनाएर सेवा सुरु गरेका छन्। पोखराको लेकसाइडका रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेबान) पोखरासँग आबद्ध पर्यटक लक्षित १ सय रेस्टुरेन्ट छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.