प्रमोद भन्छन् : तिमीबिना बेरंग छु म

प्रमोद भन्छन् : तिमीबिना बेरंग छु म

हरेक दिन हजारौं गीत रेर्कड हुन्छन्। गीत लेखिन्छ, संगीत भरिन्छ, तथा मेलोडी बनाइन्छ। मायाको विषयमा त झन धेरै साहित्य सिर्जना हुने गर्छज्। तर केही यस्ता रचना हुन्छन् जसले इतिहास बनाउँछ। विश्वप्रसिद्ध कृति रोमियो जुलीयट उत्कृष्ट प्रेम कथा हो। यस्तै लक्ष्मिप्रसाद देवकोटाको मुनामदनलाई पनि हामी उत्कृष्ट प्रेमगाथाको रुपमा पढ्ने गर्छौं। प्रेमका विषयमा लाखौं पुस्तकक लेखिए पनि हजारौं फिल्म बने पनि प्रेमको परिभाषा आजसम्म अपूर्ण नै छ। 

यस्तै नेपाली गायक प्रमोद खरेल पनि प्रेम जताउँदै भिन्न गीत लिएर आइपुगेका छन्। ४ दिनअघि सार्वजनिक भएको 'छाती चिरेर' बोलको गीतमा प्रमोदको स्वर र शव्दको जादुयी प्रस्तुती छ। हुन त उनले सयौं प्रेम गीतमा आवाज दिएका छन्। प्रशस्तै गीत लेखेका पनि छन्। आफ्ना गीतमा आफैँ अभिनय पनि गर्छन्। हरेक सिर्जनामा फरकपन दिन खोज्ने प्रमोदको यसपटकको काम प्रसंशायोग्य छ। गीतको शब्द र भिडियो निकै सिर्जनात्मक देखिएका छन्। युटुवबाट रिलिज हुनासाथ ट्रेन्डिङमा परेको यो गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ। अग्रज हस्तिहरुले पनि सार्वजनीक रुपमै प्रमोदको कामको प्रतिक्रिया दिइरहेका छन्। 

गीतको शब्दले अत्यन्तै गहिरो प्रेमको समर्पणलाई बोकेको छ। गीतको शब्दले प्रेमको तागतलाई देखाएको छ। प्रेम, त्याग, सर्मपण छ भने कसैले पनि प्रेमलाई तोड्न नसक्ने भाव व्यक्त गरिएको छ। गीतले भन्छ......

छाती चिरेर माया देऊ भन माया दिन्छु म
सारा खुसी चैन देऊ मात्रै भन हासि हासि दिन्छु म
छोड्ने छैन जबसम्म धर्तिमा रहन्छु
तिम्रो लागि हावा हुरी पनि सबै सहन्छु
तर मलाई भुल भन्छौँ भने मान्दिन म
तिमीबाहेक अरुसँग जिउन जान्दिनँ म। 

म्युजिक भिडियोमा गायक खरेल र ऋचा शर्माको बेजोडको अभिनय देख्न सकिन्छ। मायालुप्रति कति धेरै प्रेम कति धेरै याद समर्पण भिडिओमा देखिन्छ। प्रमोद र ऋचाको रोमान्टिक डेटको सिनबाट गीत सुरु हुन्छ। लगत्तै प्रमोद ह्वीलचियरमा गुडेको दृष्य देखाइन्छ। यो ह्विलचियर ऋचाको कल्पना हो। जन्मदिन मनाउने क्रममा दुर्धटनामा पर्छन् उनीहरु। प्रमोद मर्छन्। ऋचा प्रमोदकै यादमा जीवन बिताउँछिन्। मरिसकेको श्रीमानलाई जिउँदै ह्वीलचियरमा छ भनी कल्पना गर्दे उसको जुत्तालाई चियरमा बोकेर हिंड्ने गर्छिन्। प्रमोदको यादमा एकोहोरो भएकी उनले एक वियोगान्त प्रेमकथालाई बोकेकी छन्। गीतको भिडियामा प्रमोदसँग बिताएका खुसीका स साना पललाई संगालेर पूरा जिन्दगी बिताएकी ऋचाले उसको यादलाई नै जीवन बाँच्ने सहारा बनाएकी छन्। उनले सच्चा प्रेम गर्ने जोडीहरुको प्रतिनिधित्व गर्छिन्। 

प्रमोद विदेश भ्रमणबाट फर्कंदै गर्दा जहाजभित्र बसेरै यो गीतको रचना गरेका हुन्। श्रीमतीलाई अत्यन्तै माया गर्ने प्रमोद गीतको रचनागर्भ सुनाउँदै भन्छन्, ‘यो गीत अति नै माया गर्नेहरुका लागि लेखिएको हो। करिव एक महिनादेखि म घरबाहिर थिए। पूरै अस्तव्यस्त थियो मेरो दैनिकी। जहाजमै बसेर कुनै फिल्म हेरिरहेको थिएँ। मनमा केही शब्द खेलिरहेको थियो। ल्यापटप बन्द गरेर मोबाइलमै यो गीत कोरेको हो।'  माया गर्ने मानिस जिन्दगीको सबैभन्दा ठूलो उपलब्धि भएको उनको बुझाइ छ।  

तिमी छैनौ त कहाँ खुल्न सक्छु र म ?
तिम्रो साथबिना कहाँ फुल्न सक्छु र म ?
बाँधियो तिमीमै मेरो जिन्दगीको डोरो
तिमीबिना बाँच्न खोज्नु खाली भ्रम हो मेरो
छाती चिरेरे ............


प्रमोद गीतको भिडियोमा भने अथाह माया पाउने पात्रको अभिनय गरेका छन्। भिडियोको कन्सेप्टलाई पनि तारिफ गर्नैपर्ने हुन्छ। दिपकप्रसाद आर्चायले भिडियोलाई निर्देशन गरेका हुन्। संगीत हरि लम्सालको रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.