बहराइनका राजकुमारले गरे मनास्लु हिमालको सफल आरोहण

बहराइनका राजकुमारले गरे मनास्लु हिमालको सफल आरोहण

गोरखा : बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले मनास्लु हिमालको सफल आरोहण गरेका छन्। ८,१६३ मिटर अग्लो मनासलु हिमाल बिहीबार बिहान ६:१० बजे सफल आरोहण गरेका सेभेन सम्मिट ट्रेक्स प्रालिका कार्यकारी निर्देशक पासाङ फुर्बा शेर्पाले जानकारी दिए।

उनीसँगै बहराइनका शाही परिवार, सुरक्षा टोली र गाइड, शेर्पागरी ५० जनाभन्दा धेरैले सो हिमाल आरोहण गरेका शेर्पाले जानकारी दिए। टिमको नेतृत्व विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेका दक्षिण एशियाका पहिलो आरोही मिङ्मा शेर्पा र १४ वटै हिमाल आरोहण गरेका छाङ दावा शेर्पा र अक्सिजनबिना सगरमाथा चढ्ने सबैभन्दा कान्छा आरोही टासी लाक्पा शेर्पाले गरिरहेका थिए। सो टिममा २४ पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेका कामी रिता शेर्पा गाइडको भूमिकामा थिए। 

राजकुमारको टोली गत असोज २० गते मनास्लु आरोहणका लागि गोरखाको सामागाउँ पुगेका थिए। राजकुमारको आरोहणको बन्दोबस्त सेभेनसम्मीट ट्रेक्स प्रालिले मिलाएको थियो। 

सामागाउँ पुगेका राजकुमार सेख मोहम्मदसहितको टोलीलाई वडाका जनप्रतिनिधि, स्थानीय आमा समूह, सांस्कृतिक समूह, गौरीशंकर आधारभूत विद्यालय लगायतका टोलीले बाजाजागासहित स्वागत गरेका थिए। साथै स्थानीय भेषभुषा(छुवा) लगाएर सजाएका थिए।

साथै बहराइनका शाही परिवारको पहिलो भ्रमणको अवसरमा सामागाउँका बासिन्दाले पाँच हजार मिटरभन्दा अग्लो हुसुरडाँडालाई रोयल बहराइन पिक भनेर नामाकरण गरेका थिए। पहिलो पल्ट नेपाल आएको र अब नेपालको र बहराइनको सम्बन्ध भविष्यमा धेरै राम्रो हुने विश्वास पनि राजकुमारले व्यक्त गरेको वडाअध्यक्ष वीरबहादुर लामाले बताए। साथै सामागाउँलाई सँधै दुख, सुखमा साथ र सहयोग गर्ने प्रतिबद्धता पनि राजकुमारले व्यक्त गरेका लामाले बताए। 

ट्रेकिङ कम्पनीका अध्यक्ष मिङ्मा शेर्पाले सामागाउँ र ल्होका बासिन्दामा कोभिड १९ बाट कुनै समस्या भएमा निशुल्क रुपमा अस्पताल पुर्‍याउन हेलिकोप्टर सेवा दिने प्रतिबद्धता व्यक्त गरेका थिए। त्यसअघि राजकुमारको टोलीले असोज १७ गते सोलुखुम्बु जिल्लाको ६,११९ मिटर अग्लो लुबुचे हिमालको आरोहण गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.