इपिसेन्टरबारे दुई पालिका बीच विवाद

इपिसेन्टरबारे दुई पालिका बीच विवाद

गोरखा : धार्चे गाउँपालिकाले ७ को चुङकङमा 'इपिसेन्टर' स्तम्भ निर्माण गर्‍यो । लाप्राकदेखि गुम्दाहुँदै चुङकङसम्म इपिसेन्टर एडेभेञ्चर ट्रेकिङ ट्रेल, इपिसेन्टर साइकल ट्रेल निर्माण गरी गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालबाट उद्घाटन पनि गर्‍यो ।

सो कार्यक्रमको भोलिपल्टै बारपाक सुलीकोट गाउँपालिकाले २०७२ सालको भूकम्पको इपिसेन्टर तोडमोड नगर्न आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले आइतबार एक विज्ञप्ति जारी गरी राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा स्थापित इपिसेन्टर बारपाक भएकाले यसको अवस्थिति तोडमोड नगर्न र इपिसेन्टरको नाममा विभिन्न गतिविधि नगर्न आग्रह गरेका छन् ।

'२०७२ सालको भूकम्पको केन्द्रविन्दू बारपाक रहेको बारे अन्तर्राष्ट्रिय स्तरमा नै स्थापित सत्य हो, आज कसैले तोडमोड गर्न खोजेर हुने कुरा होइन',सो विज्ञप्तिमा भनिएको छ, 'यसबारे भ्रम सिर्जना गर्न खोजेर कुनै अर्थ रहँदैन । इपिसेन्टरको अबस्थितिलाई नै बदल्ने गरी गलत परिभाषा र चिनारी गर्न तथा यस बारेमा भए गरेका अन्य गतिविधिबारे हाम्रो गम्भीर असहमति छ ।' एकातर्फी रुपबाट इपिसेन्टर तोडमोड गरी अन्यत्र स्थापित गर्ने प्रयास नगर्न गाउँपालिकाको विज्ञप्तिमा भनिएको छ । 

इपिसेन्टर रहेको ठाउँ आसपास रहेका बारपाक सुलीकोट, धार्चे र आरुघाट गाउँपालिकालाई जोडेर इपिसेन्टर ट्रेल निर्माण गर्ने बारे गुरुयोजना निर्माण गर्ने तयारी भइरहेका बेला धार्चेले एकातर्फी रुपमा सो ट्रेल निर्माण गरेकोप्रति बारपाक सुलीकोट गाउँपालिकाले असहमति जनाएको छ ।

सो उद्घाटन कार्यक्रममा आफूलाई निम्त्याइएको भएपनि कार्यक्रम बारे विस्तृत जानकारी नदिइएकाले आफू सहभागी नभएको पनि विज्ञप्तिमा दाबी गरिएको छ ।
धार्चे गाउँपालिकाले भने इपिसेन्टर बारपाकबाट दुई किलोमिटर पूर्वतर्फ भनिएकाले चुङकङ नै हुनसक्ने दाबी गरेको छ । 

'त्रिभुवन विश्वविद्यालय र इसिमोडका भूगर्भविदले स्थलगत अध्ययन गरी इपिसेन्टर बारपाकबाट दुई किलोमिटर पूर्वतर्फ रहेको निश्कर्ष निकालेका छन्’, गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले भने, 'त्यसैले हामीले हाम्रो भूभागमा भूकम्पको स्मरण गराउने खालका गतिविधि गरेर पर्यटन विकास गर्ने प्रयास गरेका हौं । इपिसेन्टरको दाबी गरी विवाद गर्नुभन्दा पनि पर्यटन सम्बन्धी पूर्वाधार निर्माण गरेर पर्यटन विकास गर्ने हाम्रो योजना हो ।’ उनले ‘इपिसेन्टर’ लेखिएको स्तम्भमा ‘इपिसेन्टर ट्रेल’ वा ‘इपिसेन्टर पार्क’ भनेर नामांकरण गर्न आफू तयार रहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.