कांग्रेस सांसद केसीको निधन

कांग्रेस सांसद केसीको निधन

पोखरा : नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीको सोमबार राति निधन भएको छ। पोखरा ७ मुस्ताङचोकस्थित आफ्नै निवासमा सोमबार राति १० बजेपछि उनको निधन भएको हो।

केसी लामो समयदेखि सुगर र प्रेसरका बिरामी हुन्। एक दशकअघि उनको मिर्गौला प्रत्यारोपण भएको थियो। दीर्घ रोगी भएकै कारण पछिल्ला समय उनी सार्वजनिक कार्यक्रमहरुमा उपस्थित हुने गरेका थिएनन्। नेपालको नयाँ नक्सा संविधानमा समेट्न प्रतिनिधि सभामा भएको संविधान संशोधनको कार्यक्रममा पनि उनी उपस्थित हुन सकेका थिएनन्।

प्रजातन्त्र आएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भएका उनी ३ वर्षअघि प्रतिनिसभा चुनावताका नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। राप्रपाबाटै उनी पहिलो संविधान सभा सदस्य भएका थिए। २०४६ अघि केसी पोखरा नगरपालिकाको प्रधानपञ्च थिए।

दक्षिण दसियाकै पहिलो चाउचाउ राराको उत्पादक गण्डकी नुडल्सका केसी संस्थापकमध्ये एक हुन्। अहिले उक्त चाउचाउको उत्पादक हिमश्री फुड्स केसीकै स्वामित्वमा छ। माछापुच्छ्रे बैंकका पनि उनी संस्थापक हुन्। जलविद्युतको क्षेत्रमा केसीको ठूलो लगानी छ। सामाजिक क्षेत्रमा केसीले योगदान गर्दै आएका थिए।

केसीको आज पोखराको सेतीनदीको शान्तिघाटमा अत्येष्टि भएको छ। केसीको पार्थीव शरीरमा नेपाल कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधिसभाका पूर्व सभामुख तारानाथ रानाभाटले पार्टीको झण्डा ओढाएका थिए। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले स्वर्गीय केसीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.