पर्यटक तान्दै धार्चे गाउँपालिका

पर्यटक तान्दै धार्चे गाउँपालिका

गोरखा : गोरखा केन्द्रविन्दू भएर २०७२ साल बैशाख १२ गते भूकम्प गएको पाँच वर्ष बितेको छ। पाँच वर्षको अवधिमा भूकम्पले पुर्‍याएको आर्थिक, सामाजिक, भौतिक क्षतिपूर्ति गर्न भन्दै अहिले धार्चे गाउँपालिकाले भूकम्प बेच्दै पर्यटक भित्र्याउने कार्यक्रम अघि सारेको छ।

गाउँपालिकाले परामर्शदाताको सुझावमा जीओ टुरिज्मको अवधारणा अघि सारेको जनाएको छ। ऐतिहासिक भूकम्पलाई सँधै सम्झाउने गरी गाउँपालिकाले इपिसेण्टर एडभेञ्चर ट्रेकिङ ट्रेल, इपिसेन्टर साइकल ट्रेल, इपिसेन्टर पार्क, गोठाला पार्कलगायतका पर्यटन पूर्वाधारहरु निर्माण गरेको छ।  

पर्यटन बोर्डको १७ लाख र यूएनडिपीको १३ लाख रुपैयाँ अनुदान सहयोगमा गाउँपालिकाले वडा नं. ७ चुङकङ (भीरकोट)मा भूकम्पको स्मृतिमा १६.२ इपिसेण्टर एड्भेञ्चर ट्रेल निर्माण गरेको हो। ‘भूकम्पले विस्थापित भएका लाप्राकहरुलाई पुनस्थापित गर्न एनआरएनले गुप्सीमा निर्माण गरेको नमूना बस्तीमा जीप लाइन निर्माणको तयारीमा छौं’, गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले भने, ‘इपिसेन्टर एडभेञ्चर ट्रेकिङ ट्रेल, इपिसेण्टर साइकल ट्रेल, इपिसेण्टर पार्क निर्माण भइसकेको छ। पर्यटन मन्त्रीले उद्घाटन पनि गरिसक्नु भएको छ। अब छिट्टै भूकम्पमा परी मरेका गोठालाहरुको स्मृतिमा गोठाला पार्क निर्माण हुदैछ।’ भूकम्पले गरेको क्षतिलाई भूकम्पकै नाममा पर्यटक भित्र्याएर क्षतिपूर्ति गर्ने ‘दाउ’ गाउँपालिकाको रहेको उनले बताए। 

गाउँपालिकाले स्थानीय मणिकामदेवी माविमा पर्यटन तथा पर्वतारोहण विषयमा कक्षा ११ र कक्षा १२ मा पढाइ पनि सुरु गरेको छ। यसको प्राविधिक तथा शैक्षिक सहयोगका लागि नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसंग सम्झौता भइसकेको विद्यालयका प्रधानाध्यापक धनबहादुर गुरुङले जानकारी दिए। 

यसपटक पहिलो वर्ष ४५ जना विद्यार्थी पर्वतारोहण पढ्न भर्ना भएको प्रधानाध्यापक गुरुङले जानकारी दिए। नेपालकै प्रथम पर्वतारोहण पथप्रदर्शक सुनारबहादुर गुरुङको सहयोगमा विद्यालको हाताभित्र ‘बाल रक क्लाइम्बिङ’ स्थल पनि निर्माण भएको छ। सोको पनि पर्यटन मन्त्री विकास लम्सालले उद्घाटन गरेका थिए।

गाउँपालिकाले वडा नं. ३ मा तातोपानीको प्रवद्र्धन गरिरहेको छ। माछाखोला र केरौँजामा पनि तातोपानीको प्रवद्र्धन गरिरहेको छ। नौलीखोलामा क्यानोनिङको विकास गर्ने, रुकाङबाट प्याराग्लाइडिङ गर्ने योजना रहेको गाउँपालिकाकी उपप्रमुख फूलमाया गुरुङले जानकारी दिइन्।

गाउँपालिकाको विकासको सबैभन्दा ठूलो सम्भावना पर्यटन विकासबाट भएकाले यहाँका भौगोलिक अवस्थाको विकास गरी पर्यटन प्रवद्र्धन गर्ने गाउँपालिकाको लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए। ‘यहाँका हिमाल, पहाड, ताल, तलैया, झरना, भीर पहराको विकास गरी जीओ टुरिज्म विकास गर्दैछौं’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.